लायन्स क्लब अफ पोखरा पिस सिटीमा पराजुली

पोखरा, २३ चैत ।

लायन्स क्लब अफ पोखरा पिस सिटीको अध्यक्षमा हरीराम पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । बिहिबार पोखरामा सम्पन्न अधिवेशनले लायन वर्ष २०१८÷१९ का लागि नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा अर्जुन सिग्देल, द्वितीय उपाध्यक्षमा रामप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा राजेश रानाभाट, सचिवमा ई.हरिप्रसाद अधिकारी, कोषाध्यक्षमा ज्ञानेन्द्र बहादुर थापा र सहकोषाध्यक्षमा दिपेन्द्र चालिसे चयन भएका छन् ।

यसै गरि एलसिआइएफ कोर्डिनेटरमा युवराज खनाल, पिआरओमा शैलेश रायमाझी, मेम्बरसिप चियरपर्सनमा तिर्थराज सुवेदीं, टेमरमा लोकनाथ अधिकारी, टेलटुईस्टरमा पुष्पराज पौडेल चयन भए । डाइरेक्टरहरुमा ई. राजेन्द्र ढकाल, बलराम के सी, लोकेन्द्र अर्याल, डा. असिम सुवेदी, महेन्द्र पण्डीत र प्रमोद ओझा चयन भएको कार्यक्रम संयोजक तथा निवर्तमान अध्यक्ष किशोरमोहन भट्टराईले जानकारी दिए ।

निर्वाचन कार्यक्रममा बोल्दै लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका जिएमटी कोअर्डिनेटर एवं क्लबका संस्थापक अध्यक्ष सुदिपराज ढुंगानाले स्थापनाको छोटो समयमा सामाजिक काममा राम्रो योगदान पु¥याउन सफल भएको क्लब अहिले सो अवस्थामा नरहेकोमा चिन्ता ब्यक्त गरेका थिए । डिष्ट्रिक्ट ३२५ बि १ नेपालका मिडिया कोअर्डिनेटर एवं क्लबका पुर्व अध्यक्ष टंकराज अधिकारीले आगामी दिनमा थप रचनात्मक काम गर्दै अगाडि बढ्न क्लबलाई आग्रह गर्दै भरपुर सहयोग र साथ रहने प्रतिबद्धता गरेका थिए ।

क्लबका अध्यक्ष जिवन ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष किशोरमोहन भट्टराई, क्लबका प्रथम उपाध्यक्ष एवं लायन वर्ष २०१८÷१९ का ईलेक्ट प्रेसिडेन्ट हरिराम पराजुली, द्धित्तिय उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव राजेश रानाभाट लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.