लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीको तेस्रो स्थापना दिवस

आर्थिक आवाज
पोखरा । स्थापनाको छोटो समयमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको उत्कृष्ट क्लबमा पर्न सफल लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीले स्थापनाको तेस्रो वर्ष पुरा गरेको छ ।

क्लबले हालै एक कार्यक्रमका बीच पोखरामा स्थापना दिवस मनाएको क्लबका संस्थापक अध्यक्ष तथा लायन वर्ष २०१८÷१९ का रिजन चियरपर्सन डोलराज पोखरेलले जानकारी दिए ।

क्लबका अध्यक्ष हर्कबहादुर अधिकारी ‘मिरज’को सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर तथा प्रमुख अतिथि अशोक कुमार श्रेष्ठले स्थापनाको छोटो समयमा क्लबले धेरै राम्रा र रचनात्मक कार्यक्रम गर्न सफल रहेको बताउँदै आगामी दिनमा पनि उत्कृष्ट क्लब बनिरहन सुझाव दिए ।

कार्यक्रममा लायन्स लिडरहरु ध्रुवबहादुर थापा, दीपक श्रेष्ठ, ध्रुव श्रेष्ठ, विशेश्वर आचार्य, मोहनबाबु खड्का, मितेरी क्लब लायन्स क्लब अफ काठमाडौं समृद्धिका संस्थापक अध्यक्ष शम्भु थापा, क्लबका संस्थापक अध्यक्ष तथा रिजन चियरपर्सन डोलराज पोखरेल, जोन चियरपर्सन डोलबहादुर थापा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.