लायन्स क्लब अफ पोखरा माछापूच्छ्रे भिलेज र डायमण्ड भिलेजको बृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न

पोखरा, २७ साउन ।

लायन्स क्लब अफ पोखरा माछापूच्छ्रे  भिलेज र लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजद्धारा पोखरा ५ मालेपाटनमा (भूपी शेरचन राजमार्ग) बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पोखरा ५ का वडा अध्यक्ष धन बहादुर नेपालीले कार्यक्रम संयोजक तथा माछापूच्छ्रे भिलेजका द्धितिय उपाध्यक्ष लायन बिजय पहारीलाई बेर्ना हस्तान्तरण गरी समुद्घाटन गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथिले दुबै क्लबको प्रशंसा गरेका थिए । क्लबका संस्थापक अध्यक्ष तथा रिजन १२ का रिजन चियर पर्सन ला. शिबराज आचार्यले रुख रोपेर मात्र हुंदैन त्यसको स्याहार संहार गर्नु पर्छ भन्दै बिगत बर्ष रोपिएका बेर्नाहरुलाई मल जल गोडमेल तथा थप बेर्ना सार्न लागिएको जानकारी दिदै सराहनिय काम गरेकोमा खुशी ब्यक्त गरे । अतिथि लगायत उपस्थित लायनहरुलाई लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजका अध्यक्ष लायन पबित्रा न्यौपानेले स्वागत गरेकि थिईन् ।

कार्यक्रम संचालन माछापूच्छ्रे भिलेजका सचिब पुरुषोत्तम पौडेलले गरेका थिए । लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक कमिटी मेम्बर कंचन थापा, डिस्ट्रिक कमिटी मेम्बर एबं माछापूच्छ्रे भिलेजका निवर्तमान अध्यक्ष तिर्थराज आचार्य तथा दुबै क्लबका उपाध्यक्षहरु तथा लायन सदस्यहरुको उपस्थिती थियो । लायन्स क्लब अफ पोखरा माछापूच्छ्रे भिलेज का अध्यक्ष लायन घनश्याम शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको क्लबका सुचना तथा संचार निर्देशक रामजी प्रसाद लम्सालले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.