आर्थिक आवाज
पोखरा, ९ असोज ।
लायन्स क्लब अफ पोखरा लामाचौर र सत्संङ परिवारले मावन सेवा आश्रम पोखरालाई सहयोग गरेको छ । सामाजिक काम गर्ने लक्ष्यसहित स्थापना भएको क्लबले आश्रमलाई हालै एक कार्यक्रमका बीच खाद्यान्न र खाना पकाउने ग्यासको एक सिलिन्डर सहयोग गरेको क्लबका संस्थापक अध्यक्ष सञ्जय लामाले जानकारी दिए ।
आश्रममा रहेका बृद्धहरुलाई क्लबले एक छाक खानासमेत खुवाएको छ । क्लबले आश्रमका लागि हरेक महिना १० बोरा चामल सहयोग गर्ने लामाले जानकारी दिए । क्लबका प्रथम उपाध्यक्ष ज्ञानु लामाको संयोजकत्वमा कार्यक्रम भएको क्लबका सहसचिव सिर्जना रिजाल कार्कीले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका चिफ पिआरओ परमेश्वर बरालले क्लबले स्थापनाको छोटो समयमा राम्रा सामाजिक काम गर्न सफल भएको भन्दै थप रचनात्मक कामहरु गर्न सुझाव दिए ।
इभ्यालुएसन कमिटि चिफ तीर्थलाल श्रेष्ठ, हङगर रिलिफ कमिटिका चिफ कविराज आचार्य, जोन चियरपर्सन गोविन्द शाही, लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष उमेशचन्द्र देवकोटा लगायतले बोलेका थिए । क्लबका अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव अनिस तामाङले गरेका थिए ।
Comments are closed.