लायन्स क्लब अफ पोखरा हेरिटेजमा विजय पौडेल

आर्थिक आवाज
पोखराका युवा व्यवसायी विजय पौडेल लायन्स क्लब अफ पोखरा हेरिटेजको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न क्लबको निर्वाचनबाट लायन वर्ष २०१९÷२० का लागि पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका अध्यक्ष पौडेल विभिन्न व्यावसायिक क्षेत्रमा आबद्ध छन् ।

क्लबको प्रथम उपाध्यक्षमा भोला तिमल्सिना, द्वितीय उपाध्यक्षमा ओमप्रकाश उपाध्याय, तृतीय उपाध्यक्षमा राजिव पराजुली चयन भएका छन् । सचिवमा श्यामहरि तिवारी, सहसचिवमा श्याम गुरुङ, कोषाध्यक्षमा सोनी तामाङ र क्लब एडमिस्ट्रेसन रामचन्द्र काफ्ले चयन भएको क्लबका संस्थापक अध्यक्ष तथा जोन चियरपर्सन शोवित पौडेलले जानकारी दिए । क्लबका बर्तमान अध्यक्ष शिव सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रिजन चियरपर्सन अर्जुन थापाले स्थापनाको छोटो समयमा पोखरा हेरिटेजले सामाजिक क्षेत्रमा राम्रो काम गर्न सफल रहेको बताए ।

You might also like

Comments are closed.