लायन्स क्लब अफ पोखरा भैरवमा कतिला

पोखरा, २८ चैत

लायन बर्ष २०१९/०२०का लागि लायन्स क्लव अफ पोखरा भैरवमा श्रीकृष्ण कतिला चयन भएका छन् । बुधवार भएको अधिवेशनबाट उनी अध्यक्ष बनेको निर्वाचन समितिका संयोजक विनोद द्वाले जानकारी दिए । निर्वाचन कमिटी सदस्यमा सुकदेव गौतम तथा सुरेन्द्र बिजुक्छे रहेका थिए ।

क्लबको प्रथम उपाध्यक्षमा जगन्ननाथ तिमिल्सिना, द्धितिय उपाध्यक्ष आनन्द किशोर बाटाजु, तृतिय उपाध्यक्ष श्याम कुमार मल्ल, सचिव विक्रम उदास, सहसचिव राजबहादुर कोईराला, कोषाध्यक्ष पुष्करकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी पिआरओ कृष्ण मल्ल, टेल ट्वीस्टर निर्मल विजुक्छे, टेमर अशोक बाटाजु, निर्देशक सुकदेव गौतम, शरणकाजी श्रेष्ठ, शेर बहादुर गूरुङ मदन विजुक्छे रहेका छन् । एलसिआईएफ चियरपर्सन विनोदराज सुवेदी, सल्लाहकारमा सुरेन्द्रमान विजुक्छे, सम्मर श्रेष्ठ, बुद्ध बहादुर उदास, गौतम विजुक्छे, सञ्जयकुमार श्रेष्ठ, विनोद द्वा रहेका छन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी पिएमसिसी दिपक श्रेष्ठले नवनिर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा गाइड लाइनर कृष्णमोहन श्रेष्ठ, अध्यक्ष हरिभक्त पौडेल लगायतले वोलेका थिए ।

You might also like

Comments are closed.