लायन्स क्लब गण्डबीद्वारा ह्वील चेयर वितरण

नवलपुर, २० पौष
लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजना मध्यवर्ति हरियाली युवा क्लबको समन्वयमा कावासोती नगरपालीकाका बिभिन्न ३ वडाका १५ जना अपाङता भएका ब्यक्तिलाई ह्वील चेयर बितरण गरेको छ ।

नगरपालिकाका ६, १५ र १७ वडाका विपन्न परिवारलार्ई शुक्रवार १५ थान ह्वील चेयर बितरण गरेकोे कार्यक्रमका संयोजक डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले बताईन ।
शुक्तवार स्थानिय शिवशक्ति नवदुर्गा आध्यात्मीक प्रतिष्ठानको प्राङगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठ, डिष्टिक्ट क्याविनेट सेक्रेटरी राम बसेल पिआरओ परमेश्वर बराल कार्यक्रमका संयोजक डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठ, क्लबका अध्यक्ष मोना थापालगाएत क्लबका पदाधिकारी लगायतले ह्वील चेयर बितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले ‘दिएर बाँचौ ’भन्ने मुल मर्मका साथ बिशेष गरि अपाङताको क्षेत्रमा काम गर्नका लागि अपाङता हाम्रो आत्मियता नारालाई बर्ष भरि नै प्राथामिकतामा राखेर कार्य गरेको भन्दै गण्डकी लायन्स परिवारप्रति धन्यवाद ब्यक्त गरे ।

क्लबका अध्यक्ष मोना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा डिष्टिक्ट क्याविनेट सेक्रेटरी राम बसेल पिआरओ परमेश्वर बराल, संयोजक डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठ, जोन चेयरपर्सन टंकराज अधिकारी, वडा नं १५ का वडाध्यक्ष देवेन्द्र महतो, समाजसेवि गौरव काफ्ले लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.