लायन्स क्लब फेवा फिस्टेल सिटीको छैटौं चार्टर नाईट

 

पोखरा, ३१ साउन । लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीको छैटौं चार्टर नाईट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा क्लबले प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गरिएको थियो । कार्यक्रममा बोल्दै एफ. डब्लु. सि. कोअर्डिनेटर पिडिजी ध्रुवबहादुर थापाले यस क्लबले डिष्ट्रिकमा इतिहास बनाएको बताए । क्लबले गरेको हरेक गतिविधिलाई नजिकबाट नियाल्ने अवसर मिलेको छ’,उनले भने,यो क्लबबाट अरु क्लबले पनि पाठ सिक्न जरुरी छ ।’

पिएमसिसी प्रेमबहादुर श्रेष्ठले क्लबले गरेका कार्यक्रहरु अनुकरणिय रहेको बताए । पिडिजी युक्तप्रसाद श्रेष्ठले क्लबले गरेका रचनात्मक कार्यक्रम गर्व गर्न लायक रहेको बताए ।

कार्यक्रममा क्लबको स्थसापनाकालका तत्कालिन डिष्ट्रिक गर्भनर युक्तप्रसाद श्रेष्ठ र वर्ष २०१७÷१८ मा मानविय सेवामा अत्याधिक सहयोग गर्ने डिष्ट्रिककै सवैभन्दा उत्कृष्ट क्लब सदस्य एमजेएफ केशवप्रसाद रेग्मीलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एकनारायण शर्मालाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वर्ष २०१७÷१८ का अध्यक्ष केदार ढकालले आफ्नो कार्यकालमा गरेका गतिविधिको जानकारी दिदै सफल बनाउन सहयोग पु¥याउने व्यक्तिलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा डिपाटमेन्ट चिफ मोहनबावु खड्का, सिनियर एओजी विशेश्वर आचार्य, एक्स्टेन्सन चियरपर्सन धनिराम बराल, रिजन चियरपर्सन मोतिराज तिमिल्सिनाले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटी वर्ष २०१८÷१९ का अध्यक्ष झंकनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एकनारायण शर्माले स्वागत पूर्व अध्यक्ष वावुराम अधिकारीले धन्यवाद, पूर्व अध्यक्ष विष्णु बरालले झण्डाको अभिवादन तथा सचिव गिरिधारी पोख्रेलले कार्यक्रम सञ्चालन गरेको थिए ।

You might also like

Comments are closed.