लायन्स क्लब हेल्पफुल हेण्ड्सको आयोजनामा निशुल्क आखाँ शिविर

 

पोखरा, १५ पुस

लायन्स क्लब हेल्पफुल हेण्ड्सको आयोजनामा कास्कीको मादी गाउँपालिका ९ सरस्वती कुन्ज आधारभुत विद्यालयमा निशुल्क आंखा शिविर सम्पन्न भएको छ । शिविरमा विद्यालयका ७० जना विद्यार्थीको आंखा जांच गरिएको छ ।

मादी ९ गहते र त्यस वरपरका वासिन्दाले पनि आंखा जाचँ गरी लाभ लिएका छन् । शिविर बाट मोतियाविन्दु भएका र अरु समस्या भएका ९ जना विरामी को लागि क्लबका अध्यक्ष मोहन सुवेदी ले अपरेसन लगायतको सबै खर्चहरु स्वयम् आंफैले गर्ने घोषणा गरे । साथै उक्त विद्यालयका विद्यार्थीलार्ई न्यानो कपडा र स्टेशनरी सामाग्री पनि वितरण गरिएको छ । जसका लागि क्लबका सदस्यहरु शिव सुनार ,यज्ञ नेपाली र रामकुमार राईले सहयोग गरेका छन् ।

कार्यक्रममा बोल्दै मादी गाऊंपालिका ९ का वडा अध्यक्ष तोरण गुरुङ ले क्लबले गरेको समाजिक कार्यको प्रसंसा गरे । कार्यक्रमका विशेष अतिथि डिस्ट्रीक ३२५ वि वान का चिफ पिआरओ परमेश्वर वराले जहाँ आवस्यकता त्यहां लायन्स भन्ने उदेश्यका साथ लायन्सहरु समाजमा लागि रहेको बताउंदै विद्यार्थीहरुमा यदि कान नसुन्ने समस्या छ भने उनिहरुलाइ कान सुन्ने उपकरण सहयोग गर्न लायन्स अग्रसर रहेको बताए । क्लबका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापकले गरेका थिए भने व्यबस्थापन समीतिका अध्यक्ष, जोन चियर पर्सन लगायतले वोलेका थिए । क्लबका सचिब दुर्गा शुनारले कार्यक्रम संचालन गरेका थिए ।

You might also like

Comments are closed.