लायन्स क्लव अफ पोखरा पिस सिभिकको रक्तदान

पोखरा, २२ जेठ ।

लायन्स क्लव अफ पोखरा पिस सिभिककोे आयोजनामा मंगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष प्रदिप बरालको अध्यक्षता पोखरालेखनाथ महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पहिलो रक्तदाता ईन्द्र राना मगरलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै अधिकारीले लायन्स अफ पोखरा पिस सिभिक ले विभिन्न सामाजिक तथा महत्वपुर्ण काम गर्दै आएको र यस क्लव सामाजिक काममा सधै अग्रसर रहेको बताए ।

कार्यक्रममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ बि १ का ब्लड डोनेसन कमिटी चियरपर्सन चुडामणि बराल, कास्की रेडक्रसका उपसभापती डण्डराज शर्मा, क्लवका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, जोन २३ का जोन चियसपर्सन डोलराज पोखे्रल लगायतले बोलेका थिए ।

कार्यक्रमबाट ३६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विनोद बरालले जानकारी दिए । रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । क्लवका अध्यक्ष बरालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरे । क्लवका सचिव रामकृष्ण तिवारीले कार्यक्रम संचालन गरेका थिए ।

You might also like
1 Comment
  1. Narayan says

    Good job layansce club of great day

Comments are closed.