लायन्स क्लव अफ पोखरा बाराही टाउनको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम

पोखरा ।
लायन्स क्लव अफ पोखरा बाराही टाउनको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम हालै सम्पन्न भएको छ । क्लवका संस्थापक तथा २०१९÷२०२० का अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी)ले २०२०÷२०२१ का अध्यक्ष आरती अधिकारीलाई पद हस्तान्तरण गरेकी हन् ।

लायन्स क्लव ईन्टरनेशनल ३२५ बि १ का को चिफ एडभाईजर सुचित्रा थापाले अधिकारीलाई सपथ गराएकी हुन् । कार्यक्रममा वोल्दै थापाले क्लवले छोटो समयमा नै उत्कृष्ट काम गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने मा जोड दिईन् ।

संस्थापक अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि क्लवको काममा आफु सक्रिय भएर लाग्ने बताईन् । सो अवसरमा श्रेष्ठले क्लवका सदस्यलाई सम्मान गरेकी थिइन् । २०२०÷२०२१ का अध्यक्ष आरती अधिकारीले अग्रजको सल्लाह लिएर क्लवलाई उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा को चिफ एडभाईजर चण्डीप्रसाद अर्याल, डिपार्टमेन्ट चिफ शिवराज आचार्य, डिष्ट्रिक्ट चिफ एडभाईजर ठाकुरप्रसाद अधिकारी, क्लष्टर चिफ लक्ष्मी बराल, जोन चियरपर्सन सुरेन्द्र पौडेल लगायतले वोलेका थिए ।

You might also like

Comments are closed.