लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीद्धारा दृष्टीविहीनहलाई सेतो छडी वितरण

पोखरा, ३१ असार ।
लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले दृष्टीविहीनहरुका लागी सेतो छडी वितरण गरेको छ । युनाइटेड चौतारीले पोखरामा रहेका १५ जना दृष्टीबिहीनहरुलाई सेतो छडी वितरण गरेको हो । लायन्स क्लव अफ इन्टरनेश्नल ३२५ बी वानका डिष्ट्रिक गभर्नर अशोक श्रेष्ठ, लायन्स क्लव अफ युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङले संयुक्त रुपमा दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरेका थिए ।

लायन्स क्लव अफ इन्टरनेश्नल ३२५ बी वानका डिष्ट्रिक गभर्नर अशोक श्रेष्ठले लायन्स क्लव युनाइटेड चौतारीले आखा देख्न नसक्ने दृष्टीविहीनहरुका लागी सहयोग गरेर सहयोगको भावना प्रकट गरेकोमा खुसी ब्यक्त गरे । लायन्स क्लवले दृष्टीबिहीन, श्रवण शक्ति कम भएका ब्यक्तिहरुलाई पछिल्लो समय सहयोग सामाग्रीहरु वितरणलाई तीव्रता पार्दै गइरहेको सन्दर्भमा लायन्स क्लव युनाइटेड चौतारीले यसलाई कार्यान्वयन तर्फ अगाडी वढिरहदा लायन्सको उद्देश्य अनुरुप सम्पूर्ण लायन्स क्लवहरु अगाडी वढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वोल्दै अपांगता मैत्री समाज कास्कीका अध्यक्ष शान्त परियारले लायन्स क्लव अफ युनाइटेड चौतारीले दृष्टीबिहीनहरुलाई सेतो छडी वितरण गरेर आफुहरुलाई ज्योती प्रदान गरेको वताए । अन्य संघ सस्थाहरुले अपांगता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टीकोण फरक रहेको र उनीहरुले सहयोग गरेतापनि मनबाट सहयोग नगरेको तितो यथार्थ रहेको वताउदै लायन्स क्लवले आफ्नो सिद्धान्त अनुसार काम गरेर अगाडी वढिरहेकोमा खुसी ब्यक्त गरे ।

लायन्य क्लव अफ युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक चिफ एडभाइजर धु्रव श्रेष्ठ , जोन चियर पर्सन एम जे एफ सुशिला सिग्देल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव लालकाजी गुरुङले गरेका थिए । कार्यक्रममा कार्यक्रम संयोजक तथा जिएलडी को अर्डिनेटर राजु श्रेष्ठले धन्यवाद ब्यक्त गरेका थिए भने क्लवका प्रथम उपाध्यक्ष लिलाधर अधिकारीले स्वागत गरेका थिए ।

You might also like

Comments are closed.