लायन्स क्लव अफ पोखरा लामाचौर र सत्सङले गरे दृष्टिविहिन विद्यार्थीलाई सहयोग

पोखरा, २२ पुस
लायन्स क्लव अफ पोखरा लामाचौर र सत्सङले विद्यार्थीलाई न्यानो कपडा तथा खाजा प्रदान गरेका छन् । पर्वतको शिवालय मा वि का २७ जना दष्टिविहिन विद्यार्थीलाई सहयोग गरिएको क्लव सहसचिव सृजना कार्कीले जानकारी दिईन् ।

क्लवका अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

उक्त सहयोग वाट विद्यार्थी तथा विद्यालय परिवार निकै खुसी भएका छन् । स्थानिय समाजसेवी रुद्र गिरीले क्लवले गरेको कमको प्रशंसा गरे । क्लवका प्रथम उपाध्यक्ष ज्ञानु लामाले आगामी दिनमा पनि क्लवले सहयोग गर्ने बताईन् ।

You might also like

Comments are closed.