लायन्स क्लब अफ पोखरा सुन्दर नगरीमा पौडेल

पोखरा, २१ चैत

लायन बर्ष २०१९÷०२० को लागि लायन्स क्लव अफ पोखरा सुन्दर नगरीको अध्यक्ष यज्ञराज पौडेल बनेका छन् । क्लबको मंगलवार भएको अधिवेशनबाट पौडेल अध्यक्ष चयन निर्वाचन कमिटी संयोजक शिव थापा मगरले जानकारी दिए । निर्वाचन कमिटिको संयोजकमा निवर्तमान अध्यक्ष शिव थापा मगर र सदस्यमा पूर्व अध्यक्ष महेश पौडेल र अध्यक्ष शोभाखर भण्डारी थिए ।

क्लबको प्रथम उपाध्यक्ष पदम बहादुर ढकाल, द्धितिय उपाध्यक्ष रामेश्वर अधिकारी, तृतिय उपाध्यक्ष धर्मवन्धु सुवेदी, सचिव सुशिल लम्साल, क्लव एडमिनिष्ट्रेटर राजु गुरुङ, कोषाध्यक्ष टुक बहादुर थापा रहेका छन् ।

क्लवको मेम्वरसिप चियरसर्पन वावुराम पाण्डे, एलसिआईएफ कोअर्डिनेटर भिम सुवेदी, क्लव सर्भिस चियरपर्सन मोहन रानाभाट, क्लव मार्केटिङ कम्युनिकेसन चियरपर्सन गोविन्द चयन भएका छन् । क्लवको डाईरेक्टरमा सुसन पौडेल, फिरोज बज्राचार्य, अजय ढकाल र विनित जोजिजु रहेको पुर्व अध्यक्ष महेश पौडेलले जानकारी दिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि जोन चियरपर्सन गोबिन्द शाहीले नवनिर्वाचित टिमलाई बधाइ तथा शुभकामना व्यक्त गरे । शोभाखर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव वावुराम पाण्डेले गरेका थिए ।

You might also like

Comments are closed.