लायन्स क्लस्टर १ को अवार्ड समारोह सम्पन्न

पोखरा , २८ जेठ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत क्लस्टर नम्बर १ को अवार्ड वितरण समारोह सम्पन्न भएको छ । क्लस्टर १ अन्तर्गतका क्लब अध्यक्ष, जोन चियरपर्सन तथा रिजन चियरपर्सनहरु सहित एकबर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने ब्यक्तीहरुलाई बर्षभरि गरेका कार्यको उच्च सम्मान स्वरुप अवार्ड प्रदान गरिएको क्लस्टर प्रमुख दुर्गाप्रसाद हुमागाईंले जानकारी दिए । क्लस्टर १ अन्तर्गत ३७ वटा क्लब आवद्ध छन् । डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले दिएका सबै जिम्मेवारीलाई कुशलतापुर्बक सम्पन्न गर्दै सबैको सहयोग बाट समुहगत रुपमा सामाजिक सेवाका कार्य गरि जिम्मेवारी पुरा गरेको क्लस्टर प्रमुख तथा डिष्ट्रिक्ट ३२५ बि १ नेपालका सिनियर एम्बेसडर अफ गर्भनर लायन दुर्गाप्रसाद हुमागाईंले बताए ।

अवार्ड वितरण समारोहका अवसरमा पोखरा लेखनाथ महानगरपालिका राजाको चौतारा निवासी दुवै मृगौला फेल भएका पुष्प तिमिल्सिनालाई मृगौला प्रत्यारोपण र उपचारका लागी क्लस्टर नम्बर १ को तर्फबाट नगद सहयोग प्रदान गरिएको थियो । रिजन चियरपर्सन लायन बिना गुरुङको पहलमा रु ४ लाख भन्दा बढी र क्लस्टर १ को तर्फबाट गरी ४ लाख ५० हजार बराबरको नगद रकम सहयोग गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स मल्टिपल ३२५नेपालका मल्टिपल काउन्सिल चियरपर्सन लायन बालकृष्ण बुर्लाकोटीले लायन्समा लागेर समाज सेवा गर्नेहरुलाई सधैं प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै क्लस्टर १ ले गरेका सामाजिक कार्यले समाजमा लायन्स बारे राम्रो सन्देश दिएको बताए । डिष्ट्रिक्ट गभर्नर लायन धनराज आचार्यले डिष्ट्रिक्टलाई सफल बनाउन क्लस्टर नम्बर १ को योगदान महत्वपूर्ण रहेको बताए ।

क्लस्टर प्रमुख दुर्गाप्रसाद हुमागाईंको सभापतित्वमा आयोजित कार्यक्रममा इलेक्ट डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठ, इलेक्ट फस्ट भाइस गभर्नर ईन्दु लम्साल, पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधान, कोचिफ एडभाइजर विशेश्वर आचार्य, क्लस्टर उपप्रमुख पदमबन्दु पोखरेल, रिजन चियरपर्सन विनोद ढुंगाना, बिना गुरुङ, जोन चियरपर्सन कृष्णप्रसाद श्रेष्ठ, शारदा शर्मा, लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष मिनराज काफ्ले लगायतले बोलेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...