लायन्स गभर्नरमा इन्दु, फस्ट भाइसमा मन र सेकेण्ड भाइसमा विशेश्वर

पोखरा, १५ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा इन्दु लम्साल विजयी भएकी छन् । शुक्रबार र शनिबार पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट लायन वर्ष २०१९/२० का लागि उनी गभर्नर चयन भएकी हुन् । प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका विजयी भएका छन् ।

द्वितीय भाइस गभर्नरमा विशेश्वर आचार्य विजयी भएका छन् । प्रतिस्पर्धी ध्रुव श्रेष्ठलाई पछाडि पार्दै आचार्य विजयी भएका हुन् । विशेश्वर आचार्य ५ सय ४४ मतका साथ विजयी हुँदा श्रेष्ठले ३ सय ३० मत पाएका थिए ।

यसैबीच नवनिर्वाचित गभर्नर इन्दुु लम्सालले क्याविनेट सेक्रेटरी सहित केही महत्वपूर्ण पदमा नियुक्ति गरेकी छन् । लम्सालले क्याविनेट सेक्रेटरीमा विनोद ढुंगानालाई नियुक्त गरेकी छन् । ट्रेजररमा भीम लाल पौडेल, चिफ एडभाइजरमा महेन्द्र पौडेल, पब्लिक रिलेसन अफिसर इन चिफमा रामचन्द्र पोखरेल तथा डिष्ट्रिक्ट एडमिनिटे«टरमा उदय कुमार नेपाललाई नियुक्त गरिन् । सबैको साथबाट लायन वर्ष २०१९÷२० लाई उत्कृष्ट बनाउने उनको प्रतिबद्धता छ ।

You might also like

Comments are closed.