काठमाडौं, १६ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आसन्न महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्सालले उम्मेदवारी प्रस्तुत गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच लम्सालले लायन वर्ष २०१९÷२० कालाग गभर्नर पदमा उम्मेदवारी प्रस्तुत गरेकी हुन् । लम्साल लायन वर्ष २०१८÷१९ को फस्ट भाइस गभर्नर हुन् ।
लायन वर्ष २०१८÷१९ का सेकेण्ड भाइस गभर्नर मनबहादुर रोकाले आगामी वर्षका लागि फस्ट भाइस गभर्नर पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् । लम्साल र रोकाले संयुक्त कार्यक्रमका आयोजना गरी उम्मेदवारी प्रस्तुत गर्दै शतप्रतिशत ‘एस भोट’का लागि सम्पूर्ण लायन्स प्रतिनिधिहरु समक्ष आग्रह गरेका छन् ।
वैशाख १३ र १४ गते पोखरा डिष्ट्रिक्टको सातौं महाधिवेशन हुँदैछ । नोमिनेसन कमिटि चियरपर्सन पूर्व मल्पिटल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ र वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठलाई लम्साल र रोकाले मनोनयन पत्र हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै गभर्नर पदका उम्मेदवार लम्सालले ‘अवसरबाट बञ्चित तथा बेरोजगारहरुलाई सिप हस्तान्तरण, लायनवाद मार्फत समाज रुपान्तरण’ नाराका साथ आगामी वर्ष लायन्सलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् । फस्ट भाइस गभर्नर बनेर गभर्नर ईन्दु लम्साललाई पूर्ण सफल बताउन आफूले सहयोग गर्ने रोकाले प्रतिबद्धता व्यक्त गरे ।
Comments are closed.