पोखरा, २२ मंसीर । लायन्स क्लव अफ पोखरा डाउन टाउनले आफ्नो छैटौँ स्थापना दिवस(चार्टर नाईट)बुधबार एक कार्यक्रमका साथ मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले देशको आर्थिक समृद्धिमा लायन्स क्लवहरुको पनि महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । सांसद कोईरालाले भने,‘देश समृद्धिको दिशामा अघि वढिरहेको छ । देशको आर्थिक समृद्धि तथा समाज रुपान्तरणमा लायन्सले पनि महत्वपूर्ण भूमिका खेल्नु आवश्यक छ।’
कार्यक्रममा क्लवले लायन्स वर्ष २०१७।०१८ का डिष्ट्रिक गर्भनर धनराज आचार्यलाई आफ्नो कार्यकालमा महत्पूर्ण सामाजिक कार्य गरेकोमा अभिनन्दन गरेको छ ।

क्लवका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पिएमसिसी प्रेम श्रेष्ठ, डिष्ट्रिक चिफ एड्भाईजर धुर्ववहादुर श्रेष्ठ, प्रोईनचिफ परमेश्वर बराल, संस्थापक अध्यक्ष प्रमोद लामिछाने, सिनीएर एओजी विशेश्वर आचार्य, रिजन चियर पर्सन कृष्ण आचार्य, निर्वतमान अध्यक्ष हरि पराजुली, क्लवका सदस्य खुमानन्द काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्वतमान अध्यक्ष हरि पराजुलीले आफ्नो कार्यकालमा सहयोग गर्नेहरुलाई अवार्डबाट सम्मान गरेका थिए ।
Comments are closed.