लायन्स पिस सिभिकको चार्टड नाईट

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिभिकले पाँचौ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चार्टड नाईट सम्पन्न गरेको छ ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गर्भनर मनबहादुर रोकाले उद्घाटन गर्दै लायन्स क्लबमा आवद्ध भई समाज सेवामा लाग्ने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिदैं समाजसेवा भन्दा ठुलो कुनै कार्य नभएको बताए ।

त्यसै गरी एफडब्लुसी मल्टिपल कोअर्डिनेटर दिपक श्रेष्ठ, डिस्ट्रिक्क ३२५ वि १ का प्रथम उपाध्यक्ष विश्वेश्वर आचार्य, द्वितिय उपाध्यक्ष महेन्द्र पौडेल, क्याविनेट सेक्रेटरी सुर्य बहादुर केसी, क्याविनेट टेजरर उदय कुमार नेपाल, पिआरओ इन्चीफ रामबहादुर वसेल, डिष्ट्रीक्ट को–चिफ एड्भाईजर विनोद ढुंगाना, क्लरष्टर २५ का चिफ पवित्रराज तिवारी, रिजन ५० का विष्णु ढुंगाना, जोन १०० का चियर पर्सन बुद्धिनाथ वराल, क्लबका पुर्व अध्यक्ष थानेश्वर तिवारी, वृक्षरोपण कार्यक्रमका संयोजक विक्रम थापा, कोषाध्यक्ष मित्रवन्धु वराल, निवर्तमान अध्यक्ष तथा जिएमटी संयोजक युवराज खनाल, लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष ओम उपाध्याय, लगायतले बोलेका थिए ।

 

सो अवसरमा यस वर्ष क्लबमा प्रवेश गर्ने राजकुमार महत, मनमोहन अधिकारी, अनु पराजुली र सुरेन्द्र सुनारलाई खादा लगाएर क्लबका अध्यक्ष किरण ढकालले स्वागत गरेका थिए ।स्थापना दिवसको पुर्व सन्ध्यामा पोखरा १० रामबजारमा रहेको कालिका मावि परिसरमा अघिल्लो वर्ष लगाएका वृक्षहरुको गोडमेल गर्दै संरक्षण गरिएको मिडिया संयोजक तृतिय उपाध्यक्ष रेशम खड्काले बताए ।

क्लबका अध्यक्ष किरण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष पवित्रराज तिवारीले, कार्यक्रम संयोजक एवम् प्रथम उपाध्यक्ष रामकृष्ण तिवारीले धन्यवाद ज्ञापन र संचालन सचिव विकास प्रसाद कँडेलले गरेका थिए ।

You might also like

Comments are closed.