लायन्स पिस सिभिकद्धारा सेतो छडी वितरण

पोखरा ,१ फागुन
पोखरा महानगरपालिका वडा नं. १५ नयाँ गाउँमा रहेका दृष्टि विहिनहरुलाई लायन्स क्लब अफ पोखरा पिस सिभिकद्धारा बुधबार सेतो छडी वितरण गरेको छ । विगत ५÷६ वर्ष देखि देशका विभिन्न जिल्लाबाट आई वसोवास गर्दै आएका १२ जना दृष्टि विहिनलाई क्बलले सेतो छडि वितरण गरेको क्लबका अध्यक्ष थानेश्वर तिवारीले वताए ।

लायन्स क्लब अफ इन्टरनेशन डिष्ट्रिक्ट ३२५ वि १ नेपालका पिएमसिसि दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल लायन्स फाउण्डेशनका उपप्रमुख विनोद ढुंगाना, जोन चियर पर्सन पवित्रराज तिवारी लगाएतले लायन्स क्लबले गर्ने सामाजिक सेवाका कार्यहरुको बारेमा वोलेका थिए । क्लबका अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रेशम खड्काले स्वागत तथा कार्यक्रमको वारेमा प्रकाश पारेका थिए भने कार्यक्रम संचालन क्लबका सचिव विनोद भुजेलले गरेका थिए ।

You might also like

Comments are closed.