लायन्स पिस होमको आयोजनामा ओरिएन्टेसन तथा प्रसंसनिय खोज तालिम

पोखरा, १२ बैशाख

लायन्स क्लब अफ पोखरा पिस होमको आयोजनामा ओरिएन्टेसन तथा प्रसंसनिय खोज विषयक तालिम सम्पन्न भएको छ । क्लबका नयाँ सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा डिष्ट्रिक्ट ३२५ बि १ नेपालका सिनियर एओजी लायन सुचित्रा थापाले लायन्सको स्थापना, त्यसको विकास, त्यसले गर्ने सेवाका कार्यहरु र लायन्स क्लबसँग सम्बन्धित बिबिध विषयका बारेमा सहभागीहरुलाई ओरिएन्टेसन गराएकीे थिइन् ।

त्यसै गरी मास्टर ट्रेनर नारायणी कोइरालाले सहभागीलाई (अर्लि चाइल्डहुड डेभलपमेन्ट, जेन्डर, एआई, गुड प्यारेन्टिङ एण्ड लिडरसिप) प्रसंसनिय खोजका वारेमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा कुनै पनि संघ संस्थालाई सहि ढंगले सञ्चालन गर्नका निमित्त संस्थाका सदस्यहरुले एक अर्काको पोजेटिभ कुराहरु साटासाट गर्ने र साथी भाइको राम्रो काम र बानी व्यवहारको खुलेरै प्रसंसा गरे मात्र संस्थालाई दिगो र सफल बनाउन सकिने बताइन् । कोइरालाले नेतृत्व विकासका लागि सभ्य भाषाको आवश्यकता, सकारात्मक सोच, यूनिटी पावर जस्ता अत्यावश्यक कुरामा ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन् ।

लायन्स क्लबका अफ पोखरा पिस होमका अध्यक्ष लायन लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लवका रिजन चियरपर्सन जगन्नाथ तिमिल्सीना, कार्यक्रम संयोजकद्धय शोभा भुजेल, बविता पराजुली, क्लबका संस्थापक अध्यक्ष कल्पना मल्ल, पुर्व अध्यक्ष सरिता दाहाल, सचिव लक्ष्मी बास्तोला लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.