पोखरा, ३१ साउन । लायन्स क्लब अफ पोखरा पिस सोसाईटीको आयोजनामा भदौ ६ गते शुक्रबार प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रम हुने भएको छ ।
पोखराको सभागृहमा साझ ४ बजेबाट शुरुहुने गाईजात्रा विशेष कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त कलाकारहरु मनोज गजुरेल, सैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, (मुलाको साग) शिव शंखर रिजाल (जोगिन्दर) सुवोध गौतम, यमन श्रेष्ठ, सन्ध्या बुढा (काउली बुढी) आदी कलाकारको प्रस्तुती रहने भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक बोधराज रेग्मीले बताए ।
पोखरामा गाईजात्रा कार्यक्रम नभएको वर्षाै पछि लायन्स क्लब अफ पोखरा पिस सोसाईटीले कार्यक्रमको संयोजन गर्नु सम्पूर्ण गण्डकी प्रदेशवासीहरुको लागि गौरव र मनोरञ्जनको अवसर भएको साथै कार्यक्रमबाट आएको आम्दानीले विभिन्न सामाजिक तथा सांस्कृतिक क्षेत्रमा काम गर्ने सोच क्लबले बनाएको र सकारले ल्याएको पर्यटन वर्ष २०२० सफल बनाउन समेत केही टेवा पुग्ने अपेक्षा रहेको कार्यक्रम संयोजक शैलेन्द्र कार्मचार्यले बताए । कार्यक्रममा प्रवेश शुल्क १००० र ५०० तोकिएको छ ।



Comments are closed.