लायन्स फिस्टेलद्धारा निर्मित पानी टंकीको हस्तान्तरण

पोखरा, २३ पौष
लायन्स क्लब अफ पोखरा फिस्टेलको संयोजनमा पोखरा १४ स्थित श्री शुक्रराज बलभद्र माविमा निर्मित खानेपानी टंकी हस्तान्तरण गरिएको छ । बिधालयको हाता भित्र निमार्ण गरिएको पानी टंकीको कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठले सोमवार आयोजित एक समारोहमा हस्तान्तरण गरेका हुन् ।

फिस्टेल क्लबको संयोजन, लायन्स डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ सोनाम स्याङपोको पहल र अस्ट्रेलियाको डुनक्रेरिङ सिनियर हाई स्कुलबाट आएका बिधार्थीहरुको आर्थिक एवं श्रम सहयोगमा २ लाख ५० हजारको लागतमा १० हजार लिटरको अन्डरग्राउण्ड पानी टंकी निर्माण गरिएको लायन्स क्लब अफ पोखरा फिस्टेलका प्रथम उपाध्यक्ष ज्ञानबहादुर कार्कीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठले जहाँ आवश्यकता त्यहा लायन्सको भावना अनुसार मानविय सेवाका पवित्र कार्यलाई लायन्स क्लबले आफ्नो कामको मुख्य पक्ष बनाएको बताए । लायन्स क्लबले गर्ने सेवाका बिभिन्न क्षेत्र मध्ये पुर्वाधार निमार्णका परियोजना अन्र्तगत बिधालयमा स्वच्छ खानेपानीको ब्यवस्था मिलाएकोमा क्लबप्रति आभार ब्यक्त गरे ।

क्लबका अध्यक्ष शुक्रकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बोधबहादुर कार्की क्लबका पुर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ठ, पुर्व अध्यक्ष एवं डिष्ट्रिक्ट एड्भाईजर शान्ताकुमार श्रेष्ठ, क्लबका प्रथम उपाध्यक्ष ज्ञानबहादुर कार्की, रिपोर्टीङ अफिसर श्यामप्रसाद साखी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.