लायन्स महाधिवेशनका लागि उम्मेदवार आचार्यको सचिवालय स्थापना

पोखरा, १ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आसन्न सातौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरका उम्मेदवार विशेश्वर आचार्यको चुनावी प्रचारप्रसारका लागि सचिवालय स्थापना भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच न्युरोडस्थित नोभेल एकेडेमी परिसरमा सचिवालय स्थापना गरिएको हो । लायन्सको महाधिवेशन वैशाख १३ र १४ गते पोखरामा हुँदैछ ।
उम्मेदवार आचार्यसहित लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा सचिवालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै आचार्यले अग्रज तथा समकालीन लायन्स लिडरहरुसँगको परामर्शबाट लायन वर्ष २०१९÷२० का लागि सेकेण्ड भाइस गभर्नरको उम्मेदवारी प्रस्तुत गरेको बताए ।

पोखरा, काठमाडौं र मोफसलका लायन्स क्लबहरुको भ्रमण गर्ने क्रममा आफ्नो पक्षमा उत्साहजनक समर्थन प्राप्त गरेको बताउँदै आचार्यले जीत सुनिश्चित भएको दावी गरे । २० वर्ष अगाडि लायन्समा प्रवेश गरेका आचार्यले लायन्सको क्याबिनेट सेक्रेटरी लगायत प्रत्येक वर्ष विभिन्न पदीय जिम्मेवारी बहन गरेका छन् ।

You might also like

Comments are closed.