लायन्स रिजन १२ को पदस्थापन कार्यक्रम

 

पोखरा, १४ साउन ।

लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालको रिजन १२ अन्तर्गत जोन २४ र २५ का आठ वटा क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अन्तराष्ट्रिय एल सी आई एफ एरिया लिडर एम जे एफ लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा पहिलो सत्रको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बुर्लाकोटीले चम्पा शिंह पुनलाई ह्विल चेयर प्रदान गरि उद्घाटन गर्दै सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाइ सफल बनाउन र पर्यटन को बिकाशमा लायन्स सरकार संग हातेमालो गर्दै सहकार्यमा अघि बढ्ने बताए ।

कार्यक्रममा लायन्स ३२५ बि १ का गर्भनर अशोक कुमार श्रेष्ठ, डिस्ट्रिक्ट ३२५ बि १ का निबर्तमान गर्भनर धनराज आचार्य, कि नोट स्पिकर इन्जिनियर बिष्णु कोइराला , गण्डकी प्रदेशका सांसद बिन्दु कुमार थापा , जोन चियरपर्सन रबिन्द्र श्रेष्ठ , पुजन शाक्य ,लगायतले बोलेका थिए ।

कार्यक्रममा २०१७÷१८ पोखरा गण्डकीका अध्यक्ष निता बुद्धाचार्य, आँगनका प्रदिप बज्राचार्य ,चौतारी बिन्ध्यबासिनीका सुरेश श्रेष्ठ , माछापुच्छ्रे भिलेजका तिर्थराज आचार्य ,अमर बुद्धका सारादा गौतम ,डायमन्ड भिलेजका कन्चन थापा लगायतले आफ्ना क्लबहरुले गरेका कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए ।

सो रिजनका चियर पर्सन एबम कार्यक्रम संयोजक शिबराज आचार्यले स्वागत मन्तब्य ब्यक्त गर्दै पढाऔ अभियानमा आफ्नो रिजनबाट रु १९ लाख ५० हजार योगदान भएको जानकारी दिए । कार्यक्रमको अध्यक्षता संसारकै पहिलो महिला क्लब पोखरा गण्डकीका अध्यक्ष निता बुद्धाचार्यले गरेकी थिइन् ।

दोश्रो सत्रमा ०१८÷१९ का अध्यक्षहरु मोना थापा , कोपिला भुजेल , रामकुमार श्रेष्ठ, घनश्याम शर्मा ,शान्ता थापा , खिमा कुमारी गुरुङ , मनोहर दाहाल , पवित्रा न्यौपानेले प्रतिबद्धता मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन माछापुच्छ्रे भिलेजका संस्थापक सचिब शोभाकान्त पौडेल र चौतारी बिन्ध्यबासिनिका पूर्व सचिब रामजी पौडेलले गरेको भिलेजका सुचना तथा संचार निर्देशक रामजी प्रसाद लम्सालले जानकारी दिए ।

You might also like

Comments are closed.