लायन्स वर्ष २०१८/१९ लायन्सको स्वर्णकाल

लायन्स वर्ष २०१८/१९ लायन्सको लागि स्वर्णकाल रह्यो । यस वर्ष सबैभन्दा धेरै क्लव स्थापना गर्न सफल भयौं भने यसै वर्ष अन्र्तराष्ट्रिय २ वटा सम्मान प्राप्त भयो । हामीले यस वर्ष ४० वटा नयाँ क्लव स्थापना गर्न सफल भयौं । ५ वटा नयाँ क्लव स्थापना गर्ने प्रक्रियामा छौं ।

लायन्स क्लब अफ बैंग्लोर ३१७ ‘ए’ डिष्ट्रिक्टसँग हामीले भगिनी सम्बन्ध स्थापना गर्न सफल भयौं । यस वर्ष हामीले १८५० भन्दा धेरै नयाँ लायन्स साथीहरुलाई संस्थामा स्वागत गर्न सफल भयौं । विगतमा जस्तै यस वर्षपनि हामीले क्विज कन्टेष्ट, फेलोसीपलगायतलाई उत्तिकै प्राथमिकताका साथ ग¥यौं । त्यस्तै यसपटक हामीले नेपालका ३ सहरमा होली सेलेब्रेसन ग¥यौं । लायन्सले यसपटक काठमाडौं, पोखरा र दमौलीमा होली सेलेब्रेसन गरेको हो ।

यो वर्ष डिष्ट्रिक्ट गभर्नरलाई इन्टरनेसनल प्रेसिडेन्टले २ पटक सम्मान गर्नुभयो । एकपटक लासभेगासमा भएको इन्टरनेसनल कन्भेन्सनमा । यो सम्मानचाहिं सबैभन्दा धेरै क्लब स्थापना गरेको भनेर ।  हामी हाइएस्ट क्लव स्थापना गर्न सफल भयौं । अर्को पटकचाहिं डिसेम्बरमा भएको इसामेफोरममा पनि ६४ वटा देशका गभर्नरहरु मध्येमा सर्बोत्कृष्ट गभर्नर भनेर सम्मान गर्नुभएको थियो ।

यस वर्ष हामीले पोखरामा आफ्नै सचिवालय स्थापना गर्न सफल भएका छौं । हामीले अध्यक्षको लाइनमा बसेकाहरुलाई पनि प्रशिक्षित गर्नुपर्छ भनेर लायन्स लिडरसीप इन्ष्टिच्यूट (एलएलआई) क्याम्प २ पटकसम्म सञ्चालन ग¥यौं ।

You might also like

Comments are closed.