लायन्स सप्तगण्डकीमा सपना

 

पोखरा, २१ चैत

लायन बर्ष २०१९÷०२० को लागि लायन्स क्लब अफ पोखरा सप्तगण्डकीको अध्यक्षमा सपना राना मगर चयन भएकी छन् । क्लबको शनिवार सम्पन्न अधिवेशनबाट उनी अध्यक्ष बनेकी हुन् । अध्यक्ष राना सपना आर्युवेद अस्पताल प्रा.लिका संचालक हुन् ।

क्लबको प्रथम उपाध्यक्ष सन्तु क्षेत्री, सचिव उषा राना, कोषाध्यक्ष विजया श्रेष्ठ लगायत ३० सदस्यिय कार्यसमिती चयन भएको हो । लायन्स क्लब अफ पोखरा सप्तगण्डकी लेडिज क्लव हो ।

लायन्स क्लब अफ पोखरा गण्डकीका एक्स्टेन्सन चियरपर्सन विमला श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै श्रेष्ठले नवनिर्वाचित कार्यसमतीलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

You might also like

Comments are closed.