लायन्स सातौं महाधिवेशनको तयारी अन्तिम चरणमा

सुरेन्द्र पौडेल
पोखरा, ११ वैशाख ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख १३ र १४ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा महाधिवेशन हुँदैछ । लायन्स क्लब अफ पोखरा गण्डकी तथा पोखरामा क्रियाशील २६ वटा महिला लायन्स क्लबहरूको संयुक्त आतिथ्यतामा हुने महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी सकिएको महाधिवेशन मूल आयोजक समितिका अध्यक्ष बिमला श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

‘महाधिवेशनमा लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गत करिब चार हजार लायन्सहरूको सहभागिता रहने अनुमान गरिएको छ,’ उनले भनिन्, ‘हालसम्म २ हजार लायन्स सदस्यहरूले प्रि–रजिस्ट्रेशन गरिसकेका छन् ।’ रजिस्टे«सन गर्ने कार्य जारी रहेको प्रचारप्रसार संयोजक खिमा गुरुङले जानकारी दिइन् ।

पोखरास्थित विभिन्न २६ वटा महिला क्लबका अध्यक्ष÷पूर्व अध्यक्ष संयोजक र सह–संयोजक रहेको विभिन्न ३४ वटा उपसमितिहरूले आआफ्नो जिम्मेवारी बहन गरिरहेको मूल आयोजक समितिका सचिव विधाता श्रेष्ठ द्वाले जानकारी दिइन् । ‘महाधिवेशन सम्पन्न गर्न करिव ७५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ,’ उनले भनिन्, ‘महाधिवेशनको लागि सहभागी प्रतिनिधिको दर्ता शुल्कबाट सम्पूर्ण खर्च व्यवस्थापन गरिनेछ ।’

पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महिला क्लबहरुको व्यवस्थापनमा पोखरामा भव्य रुपमा महाधिवेशन सम्पन्न हुन लागेको बताए । ‘यस पटकको महाधिवेशन ऐतिहासिक हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । डिष्ट्रिक्टको अबको नेतृत्व महिलाले नै लिने सन्दर्भमा महिलाहरुकै आयोजनामा महाधिवेशन सम्पन्न हुनु गौरवको विषय भएको श्रेष्ठले धारणा राखे । महाधिवेशन लायन्सका लागि मात्रै नभइ पोखरा क्षेत्रकै लागि गौरव गर्न लायक हुने उनले बताए ।

पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने सहसंयोजक मीलन थापाले बताइन् । ‘देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पर्यटन क्षेत्रमा प्रत्यक्ष योगदान पु¥याउने छ,’ उनले भनिन् । पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने आयोजकको दावी छ । महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । उनीहरु दुवैले ‘एस’मत लिनुपर्नेछ । सेकेण्ड भाइस गभर्नर पदमा भने दुई पक्षबीच तिब्र प्रतिस्पर्धा हुँदैछ । विशेश्वर आचार्य र ध्रुवबहादुर श्रेष्ठ सेकेण्ड भाइस गभर्नर पदको लागि चुनावी अभियानमा छन् ।

You might also like

Comments are closed.