पोखरा ।
लायन्स क्लब अफ पोखरा सिमलचौतारीको आयोजनामा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा १ सय २१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक बिक्रम खिचाजुले जानकारी दिए ।
लायन्स क्लब ईन्टरनेसनल ३२५ बि वान का डिपार्टमेन्ट चिफ वालकृष्ण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै उनले रगतको अभाव भएको समयमा रक्तदान कार्यक्रम गरेकोमा क्लब प्रति आभार व्यक्त गरे । पोखरा महानगरपालिका ८ का अध्यक्ष रुद्रनाथ बरालले क्लबले राम्रो काम गरेको भन्दै प्रसंसा गरे । रेडक्रस कास्कीका अध्यक्ष डोलराज पाण्डेले रक्तदानका वारेमा प्रष्ट पारेका थिए ।
ककार्यक्रममा विरेन्द्रनारायण बिजुक्छे, जनप्रतिनिधी किरण गौतम, लक्ष्मी कौशल लगायत उपस्थित थिए ।
क्लबका अध्यक्ष कृष्णमान ठुसाजुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दामोदर बराल र संचालन सचिव पंकज पौडेलले गरेका थिए ।
Comments are closed.