लायन्स स्थापनाको शताब्दीमा सय जनालाई पोखरामा सम्मान (सम्मानितहरुको नामसहित)

सुरेन्द्र पौडेल

पोखरा, २६ फागुन । राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान अर्पण गरिएको छ । ‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच शनिबार एक सय जनालाई सम्मान गरिएको हो ।

लायन्स स्थापनाको शतवार्षिकी कार्यक्रम मनाउने क्रममा पोखरामा उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । उपराष्ट्रपति पुनले सय जना व्यक्तिहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै पुनले समाज सेवाका क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्सले सय जना व्यक्तिहरुलाई एउटै मञ्चमा सम्मान गरेर उदाहरणीय काम गरेको बताए ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष पुरा गरेको सन्दर्भमा विशेष कार्यक्रम आयोजना गरी सय जनालाई सम्मान गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए । उनले भने, ‘जात, धर्म, वर्ण, लिङ्ग तथा राजनीतिभन्दा माथि उठेर विशुद्ध सामाजिक सेवामा एक छुट्टै पहिचानका बनाई लायन्स अगाडि बढिरहेको सन्दर्भमा यस वर्ष आफ्नो स्थापनाको शताब्दीऔ वर्ष मनाइरहेका छौं ।’ नागरिक अभिनन्दन तथा रथारोहण सहित उनीहरुलाई सम्मान गरिएको हो । ‘व्यक्तिगत लाभभन्दा माथि उठेर राज्य एवं समाजमा विशेष योगदान पु¥याएका मेचीदेखि महाकालीसम्मका छनौटमा परेका सय जनालाई सम्मान गर्न पाउँदा खुसी छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै लायन्स अन्तर्राष्ट्रियका पूर्व डाइरेक्टर सञ्जय खेतानले सय वर्षसम्ममा लायन्सले संसारभर सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको धारणा राखे । लायन्स अन्तर्राष्ट्रियका प्रतिनिधि जगदीश गुलाटीले लायन्स स्थापनाको सय वर्षमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने सय जना व्यक्तिहरुलाई अभिनन्दर गरेर डिष्ट्रिक्टले रचनात्मक कार्य गरेको बताए । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सम्मानित व्यक्तिहरुलाई नागरिक अभिनन्दन गरेका थिए । कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्साल, लायन्स डिष्ट्रिक्टका फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठ, सचिव चण्डीप्रसाद अर्याल लगायतले बोलेका थिए ।

सम्मानित हुने सय जनाको नाम

You might also like
1 Comment
  1. प्रेम बहादुर सिङदन says

    यो सयजनामा कुलमान घिसिङ अटेन छ?

Comments are closed.