लायन्स ३२५ बि १ को दोस्रो क्याबिनेट मिटिङ दमौलीमा, तयारी तिब्र

सुनिता आचार्य

तनहुँ, २७ कात्तिक । लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याविनेट मिटिङ तनहुँमा हुने भएको छ । मंसिर ७ र ८ गते तनहुँको सदरमुकाम दमौलीमा क्याबिनेट मिटिङ हुने डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कार्यक्रमको मुख्य आयोजक डिष्ट्रिक्ट ३२५ वि १ रहेको छ भन्ने लायन्स क्लब अफ तनहुँ, लायन्स क्लब अफ तनहुँ व्याससिटी, लायन्स क्लब अफ भानुभक्त र लायन्स क्लब अफ सत्यवतीले संयुक्त रुपमा व्यवस्थापन गर्नेछन् ।

तनहुँको विविधताको प्रचार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले दोस्रो क्याबिनेट बैठक तनहुँमा आयोजना गरिएको उनले बताए । ‘नेपाल भरिका लायन्सकर्मीको तनहुँमा हुने जमघटले तनहुँको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुनेछ,’ उनले भने, ‘तनहुँको विकासमा योगदान पुग्नेछ ।’

बैठकबाट क्लबको नियमित कार्य योजनाको कार्यान्वयन गर्ने, डिष्ट्रिक्टले हालसम्म गरेका क्रियाकलाय अनुमोदन र आगामी कार्ययोजना परिमार्जन गर्ने कार्यसम्पादन समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । ७ गते क्याविनेट बैठकमा ३५० जना भन्दा बढी क्याविनेटका पदाधिकारीहरु सहभागी हुने बताइएको छ ।

८ गते शान्ति पद यात्रा, घोषणा सभा तथा फलोसिपमा २ हजार ५ सय जना भन्दा बढी लयान्सकर्मीहरुको सहभागी रहने पौडेलले बताए । दमौलीका राम्रा होटलका अभाव र सोही समयमा आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव जारी रहनाले बैठकका सहभागीहरुलाई बन्दीपुर लगायत दमौली आसपासका क्षेत्रका होमस्टेमा बसाइको व्यवस्थापन गरिने पौडेलले जानकारी दिए ।

लायन्स क्लबले २०१८÷१९ लिभिङ वाइ गिभिङ भन्ने उद्देश्यका साथ फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । जसमा ५ सय वटा ह्विलचियर, १ हजार २ सय २० जनालाई सेतो छडी र २ सय जनालाई इयरिङ एड वितरण गरिसकेको गभर्नर अशोककुमार श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.