लायन ग्याल्पोको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता गरिने

पोखरा, २२ माघ
स्वर्गीय ग्याल्पो लामाको नामबाट लायन्स  क्लब अफ पोखरा अन्नपुर्णले प्रत्येक बर्ष ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपुर्णले आफ्नो सस्थापक सदस्य एवं क्लबका प्रथम उपाध्यक्ष स्वर्गीय ग्याल्पो लामाको स्मृतिमा प्रत्येक बर्ष ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो ।

स्वर्गीय लामाको परिवारबाट अक्षयकोषको लागि ५५ हजार सहयोग प्राप्त भएको र अक्षकोष बृद्धिको लागि क्लबका लायन साथीहरुसंगै स्वर्गीय लामाको विदेशी साथीहरुबाट पनि सहयोग हुने अपेक्षा गरेको अध्यक्ष दिनेश तुलाचनले जानकारी दिए ।

सामाजिक कार्यमा सक्रिय लामाको एक महिना अघि ५९ बर्ष उमेरमा असामयिक निधन भएको थियो । लायन्स क्लब अन्नपुर्णले गर्दै आएको ब्याडमिन्टन प्रतियोगिता अब स्वर्गीय ग्याल्पो लामाको नामबाट गर्ने क्लबले जनाएको छ । लामाले सामाजिक कार्यमा गरेको योगदान र अनबरत सेवाको मुल्याङ्कन गर्दै उनको नामलाई अमर राख्न परिवारसंगै क्लबले पनि अक्षकोषको स्थापना गर्ने निर्णय गरेको तुलाचनले जानकारी दिनुभयो ।

You might also like

Comments are closed.