लिजा व्युटिपार्लर नयाँ व्यवस्थापनसहित आफ्नै घरमा

आर्थिक आवाज
पोखरा । बिगत १७ वर्षदेखि सौन्दर्य व्यवसायमा आबद्ध कल्पना कोइरालाले नयाँ व्यवस्थापन सहित लिजा व्युटिपार्लर सञ्चालनमा ल्याएकी छन् । लेकसाइडलाई केन्द्रित गर्दै व्युटिपार्लर व्यवसाय गरेकी उनले अहिले आफ्नै निवास डिहिकोपाटनमा व्यवसाय सुरु गरेकी हुन् ।

लिजा व्युटिपार्लरको सोमबार एक कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव तथा सौन्दर्यविद चीन गुरुङले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले लेकसाइड पर्यटनको केन्द्र भएकाले पोखरा आउने आन्तरिक तथा बाह्य पर्र्यटकलाई समेत लक्षित गरी सेवा प्रदान गर्न आग्रह गरिन् । ‘सौन्दर्य व्यवसायमा राम्रो सम्भावना छ,’ उनले भनिन्, ‘सेवाग्राहीको चाहना अनुसार व्यवसाय सञ्चालन गरेमा सफलता प्राप्त गर्र्न सकिन्छ ।’

कार्यक्रममा बोल्दै पर्यटन महिला व्यवसायी संघ पोखराका उपाध्यक्ष रेनु थापाले लिजा व्युटिपार्लरलाई आफूहरुले साथ दिने प्रतिबद्धता व्यक्त गरिन् । १७ वर्षदेखिको आफ्नो अनुभवलाई थप परिस्कृत गर्दै व्युटिपार्लरबाट सेवा प्रदान गर्ने कोइरालाले बताइन् । ‘आफ्नै घरमा व्यवसाय सुरु गर्न सफल भएको छु,’ उनले भनिन्, ‘मैले लेकसाइडलाई केन्द्रित गर्दै व्यवसाय गर्र्दै आइरहेकी छु । बिगतमा जस्तै आगामी दिनमा पनि माया पाउनेमा म पूर्ण विश्वस्त छु ।’ ग्राहकको चाहना अनुसारको सेवा प्रदान गर्न आफू सफल रहेको उनले बताइन् ।

यसैबीच लिजा व्युटिपार्लर स्थापनाको १६औं वार्षिकोत्सव समेत सोमबार मनाइएको छ । यसैबीच लिजा व्युटिपार्लर स्थापनाको १६औं वार्षिकोत्सव समेत सोमबार मनाइएको छ । कार्यक्रममा क्षेत्री महिला समाजका रमा लामिछाने, व्युटिसियन व्यवसायीहरु शर्मिला रानाभाट, बबिता केसी कार्की लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.