लिपेयानीमा घरघरमा खानेपानीको धारा

घनश्याम पाण्डेय
पोखरा, १७ पुस । कास्कीको मादी गाउँपालिका वडानं १२ लिपेयनीका ८८ घरघरमा खानेपानीको धारा पुगेको छ । सोमबार एक कार्यक्रमका बिच टुनीपानी लिफ्ट खानेपानी तथा सरसफाई योजनाको पूर्व स्वास्थ्यमन्त्री एवं हालै नवनिर्वाचित प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले उद्घाटन गरे । तत्तकालीन संविधान सभाका सभासद तेजकुमारी पौडेलको पहल र स्थानीय कृष्णराज दाहालको सक्रियतामा परेको योजनाको चैतमा सभासद तेजकुमारी पौडेलले शिलान्यास गरेका हुन् ।

गाउँ मुनी रहेको मूलको पानी १ सय ४६ मिटर माथि लिफ्ट मार्फत लगेर बितरण च्याम्बर बनाए पछि ओझा गाउँ र कमलटारीमा टयाङकी निर्माण गरेर वितरण गरिएको छ । कार्यक्रमको उद्घाट पछि बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले घर घरमा पानी आए पछि अब दीगो रुपमा संचालनको लागि उपभोक्तानै सचेत हुनुपर्ने बताए ।

अधिकारीले पानी पिउनुको साथै घर घरमा तरकारी, फलफुल लगाउन पनि किसानहरु आग्रह गरे । अधिकारीले विजुलीबाट पानी तान्दा लाग्ने विजुलीको खर्चमा ५० प्रतिशत छुटको लागि अब बन्ने सरकारले निर्णय गर्ने बताए । कार्यक्रमा सहभागी कास्की क्षेत्रनं १ अन्तर्गत प्रदेश सभा १ र २ का सांसदद्वय दीपक कोइराला र मन बहादुर गुरुङ तर्फबाट समेत आफूले मन्तब्य राखेको बताउदै अधिकारीले जनताहरुलाई आफ्नो स्वास्थ प्रति सजक रहन आग्रह पनि गरे ।

संविधान सभाका निर्बतमान सभासद तेजकुमारी पौडेलले छोटो समयमा योजना सफलभएको खुशी व्यक्त गरिन् । योजना पार्ने बेलामा समयमै काम हुँदैनकी भन्ने चिन्ता लागेको भएपनि निर्धारित समयमै काम सफल भएकोमा स्थानीय र खानेपानी, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यलका प्राविधिकहरु लाई धन्यबाद दिइन् ।

मादी गाउँपालिकाका प्रमुख बेद बहादुर गुरुङ (श्याम)ले ५ वर्ष भित्र मादीका सबै घरघरमा खानेपानी धारा निर्माण गरिने बताए । खानेपानी, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख रमाकान्त दवाडीले नेपाल सरकारले खानेपानी लाई पहिलो प्राथमिकतामा राखेको बताए । क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्राविधिक सनम थापाले परियोजना दिगोरुपमा सञ्चालन गर्नको आबश्यक रहेको बताए । उनले सही सदुपयोग गर्न आग्रह गरे । टुनीपानी लिफ्ट खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष कृष्णराज दाहालले आफूले लिएर गएको योजना सासद तेजकुमारी पौडेलले अर्थमन्त्री कृष्ण बहादुर महरा मार्फत योजना पारेर गाउँलेलाई खानेपानी खुवान पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा मुहान दाता र जग्गा दाताहरुलाई सम्मान पत्र र दोसल्लाह ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा वडा नं १२का वडा अध्यक्ष चित्र बहादुर गुरुङ, स्थानीय दयाशंकर बराल, बेल बहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

You might also like

Comments are closed.