लुम्बिनी विकास बैंकको प्रभातफेरी

आर्थिक आवाज
पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले संविधान दिवसको अवसरमा पोखरामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकका संचालक समितिका सदस्य सुशीलराज पराजुली, सिनियर नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाल लगात विभिन्न शाखाका कर्मचारीहर प्रभातफेरीमा सहभागी भएका थिए ।

प्रभातफेरीमा बैंकका कास्की, छिमेकी जिल्ला स्याङ्जा र तनहुँका शाखा कार्यालयका कर्मचारीहरुले नेपालको झण्डा सहित सहभागी भएका थिए ।

You might also like

Comments are closed.