लेकसाइडका भित्री सडक चिनाउन नाम तथा संकेत

 

पोखरा, ३ मंसिर ।

पोखराको लेकसाइडका भित्री सडकलाई नामाकरण गर्दै नंवरले चिनाउन शुरु भएको छ । सोमबार पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल र ६ का वडा अध्यक्ष जगत पहारीले सयुक्त रुपमा यसको औपचारिक शुरुवात गरेका छन् । पोखरा पर्यटन परिषद् र पोखरा महानगरपालिका ६ को सहकार्यमा काम भएको हो ।

पोखरा ६ का अध्यक्ष जगत पहारीले पहिलो चरणमा मूल सडकसँग जोडिएका २० वटा भित्री गल्लीको मात्र पहिचान र नम्बरले संकेत गरिएको बताए ।

केदारेश्वर मन्दिर अगाडिको सडकलाई पहिलो भित्री गल्ली मानेर क्रमैसँग नामाकरण गर्दै संकेत बोर्ड झुन्डाइएको छ । पहिलो गल्लीको नाम फिर्के मार्ग राखिएको छ । गल्ली नामाकरण र नम्बरिङ गरिएको बोर्डमा रातीको समयमा सवारीको बत्तीले समेत टल्किने र रातीको समयमा समेत पाहुनाले गल्ली पहिचान गर्न सहज हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिए ।

बोर्ड राख्नका लागि परिषद् र वडा कार्यालयले ५०–५० प्रतिशतको दरले लगानी गर्ने सहमतिभएको पोखरा पर्यटन परिषद्का महासचिव डिल्लीप्रसाद गौतमले जानकारी दिए ।

You might also like

Comments are closed.