लेकसाइडको ग्यालिसियर होटल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजक

पोखरा, २८ पुस ।
पोखरामा आगामी फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजना हुने १३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन का लागि लेकसाइडको ग्यालिसियर होटल पोखरा सहप्रायोजन गर्ने भएको छ ।

सहप्रायोजनका लागि मंचका अध्यक्ष तेज गुरुङ र ग्यालिसियर होटल एण्ड स्पाका अध्यक्ष राजेन्द्र ढकालले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सहप्रायोजन वापतको रकम २ लाख रुपैया बराबरको रहेको छ ।
पोखरा गौरिघाटमा अवस्थित ग्यलिसियर होटलका अध्यक्ष एवम पर्यटन ब्यबसायी ढकालले पोखरामा आयोजना हुने पर्यटन प्रवद्र्धन गर्ने खेलकुद कार्यक्रममा आफ्नो पनि सहभागिता रहन पाउँदा निकै गर्वको अनुभुती रहेको बताए । अध्यक्ष ढकालले पोखरा म्याराथनमा ग्यालिसियर होटल अफिसियल होटलको रुपमा काम गर्न पाउँदा निकै खुशी लागेको बताए ।

सो अबसरमा मंचका अध्यक्ष गुरुङले पोखराको प्रतिष्ठित होटल संग पोखरा म्याराथनका लागि सहकार्य गर्न पाउँदा गर्व लागेको बताउँदै पर्यटन क्षेत्र अगाडी आएमा कुनै पनि खेलकुद कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्न निकै सहज हुने बताए । सो अबसरमा मंचका कार्यसमिती सदस्य तिलक केसीले ग्यालिसियर होटललाई अफिसियल होटलको रुपमा पाउँदा खुसीको अनुभुती भएको बताए ।

You might also like

Comments are closed.