लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा

पोखरा, २९ बैशाख
पोखरा लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आएको छ । अत्याधुनीक प्रविधि सहित औरा बार एण्ड लाउन्ज सञ्चालनमा आएको हो । सञ्चालनको अवसरमा नविन के भट्टराई र डिजे रुकेनले विषेश प्रस्तुती दिएका थिए ।

विदेशी विभिन्न अर्वाडबाट सम्मानीत भएको माउन्ट कैलाश रिर्सोट सगँको नयाँ भवनमा बार सञ्चालनमा आएको हो । स्वदेशी तथा विदेशी पर्यटक र युवा पुस्तालाई लक्ष्त गरि बार सञ्चालनमा ल्याएको लाउन्जका सञ्चालक नरेश भट्टराईले बताए ।  ‘हामी नयाँ प्रविधिको साउण्ड सिष्टमलाई प्रयोग गरेर लाउन्ज सञ्चालमा ल्याएका छौ,’ उनले भने ‘जुन सुकै टेबलमा बसेर पनि एउटै साउण्ड क्वालीटी सुन्न सकिने छ ।’ उनले यस्तो प्रविधिको साउण्ड सिस्टम काठमाडौ पछि पहिलो पटक पोखरामा प्रयोग भएको बताए ।

१० करोड भन्दा बढिको लगानी रहेको लाउन्ज पोखराको पहिलो पुर्ण रुपमा साउण्ड पुफ् बार हो । १ सय जना सिट क्षेमताको लाउन्जमा हरेक दिन लाइभ ब्राण्ड र लेट नाइट सम्म डिजेको प्रस्तुती हुने उनले बताए । विभिन्न समयमा विदेशी कलाकार र डिजेलको समेत प्रस्तुती हने भट्टराईले बताए ।

‘पोखरामा अन्तराष्ट्रि विमानस्थल बन्दै छ,’ उनले भने ‘त्यसैलाई ख्लल गरेर लाउन्ज सञ्चालनमा ल्याएका हौ ।’ उनले मुल्यमा पोखराका अन्य बार जस्तै भएपछि गुणस्तरीतामा आगाडी भएको दावी गरे ।

टिप्पणिहरु बन्द छन्.