आर्थिक आवाज
पोखरा । क्यानडाको टोर्नोटोबाट सौन्दर्य व्यवसायमा पाइला चालेको अनानिक ब्यूटि सलुन एन्ड स्पाको छैंठो शाखा पोखराको लेकसाइडबाट सञ्चालनमा आएको छ । सन् २००८ मा क्यानडामा स्थापना भएको अनानिकले छोटो समयमै सफलता प्राप्त गर्दै आक्रामक रुपमा व्यवसायलाई नेपालमा पनि विस्तार गर्न सफल भएको हो ।
शाखाको उद्घाटनका अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सौन्दर्य चाहने व्यक्तिका लागि अनानिकले गुणस्तरीय सेवा दिने विश्वास राखेको बताए । पर्यटकीय नगरीमा सौन्दर्य व्यवसायमा लगानी थपिनु सुखद सन्देश रहेको पहारीको भनाइ थियो ।
कार्यक्रममा एकसाथ देखा परेका अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अनानिकको सेवा विस्तारले सौन्दर्य व्यवसायलाई स्थापित गर्न मद्दत पुगेको सुनाए । ‘काठमाडौंमा अनानिक मेरो दोस्रो घर जस्तै लाग्छ,’ अभिनेत्री खड्काले भनिन्, ‘सौन्दर्यता सबैलाई आवश्यक छ, आवश्यकता अनुसारको सौन्दर्य पस्किन अनानिक मेरो मात्रै होइन सबैको रोजाइ बनोस् ।’
अनानिकका सञ्चालक सुरविन राईले ग्राहकको हौसलाले सेवा विस्तारमा सहयोग पुगेको बताए । क्यानडाकै भाउघान ओन्टारियोमा समेत अनानिकको शाखा छ । काठमाडौंको नयाँ बानेश्वर, दरबारमार्ग र पुलचोकस्थित लबिङ मलबाट पनि शाखाले सेवा दिइरहेको छ । उपत्यका बाहिर पोखरा पहिलो रोजाइको ठाउँ भएकाले व्यवसाय विस्तार गर्न पाएको सकारात्मक सुझावले प्रेरणा मिलेको सञ्चालक राईले सुनाए ।
राईका अनुसार शाखामा ७० लाख लगानी भएको छ । १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पोखरापछि अन्य सहरमा पनि शाखा विस्तार गर्ने योजना बनाएको राईले जानकारी दिए । शुभारम्भको अवसरमा १ हप्ताका लागि सबै सेवामा २० प्रतिशत छुट सुविधा दिइने उनले बताए । अनानिकले ब्यूटिपार्लर तथा स्पा सम्बन्धी सबै सेवा उपलब्ध गराउने छ ।
Comments are closed.