लेकसाइडमा खुल्यो ‘ब्लु हिमालयन’ होटल

आर्थिक आवाज
पोखरा, १५ पुस । अंग्रेजी नयाँ वर्षको मुखैमा पर्यटकीय केन्द्र लेकसाइडमा होटल थपिएको छ । पोखरा १४ विशालनगर निवासी युवा पर्यटन व्यवसायी तिलक तिवारीले पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित जरेबरचोक भन्दा एक सय ५० मिटर तल प्रगतिमार्गमा ‘ब्लु हिमालयन’ होटल सञ्चालनमा ल्याएका हुन् । तिवारीले ईन्द्रमान चौहानको नवनिर्मित ४ तले घरमा ७० लाख खर्चिएर होटल सञ्चालन गरेका हुन् । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर होटल सञ्चालनमा ल्याएको तिवारीले बताए ।

तीन तले भवनमा सञ्चालनमा आएको होटलमा १६ कोठा रहेका छन् । ८ वटा सिंगल र ८ वटा डबल बेड रहेको तिवारीले जानकारी दिए । एउटा कोठालाई भने स्विट रुम बनाउने तयारी भइरहेको उनले बताए । सिंगल बेडलाई एक हजार र डबल बेडलाई १ हजार ५ सय प्रति कोठा प्रति रातका लागि तथा स्पेसल कोठाका लागि ४ हजार दररेट कायम गरिएको उनले जानकारी दिए । सस्तो खोज्नेहरुका लागि गन्तव्य बनाउने उद्धेश्यले होटल खोलेको बताउँदै उनले भने,‘महंगो भयो भन्ने पर्यटकका लागि मेरो होटल विकल्प बन्न सक्छ, किनकि लेकसाइडका होटलहरुको तुलनामा मेरो होटल धेरै सस्तो छ ।

होटलको ग्राउण्ड फ्लोरमा किचन, बार रुम, डाइनिङ रुम र ३ वटा कोठा रहेका छन् । पहिलो र दोश्रो तलामा सबै कोठाहरु छन् । सबै अट्याच बाथरुम रहेको यस होटलको तेश्रो तलाका सबै कोठामा एसी जडान गरिएको छ । होटलका माथिल्ला तलाका कोठाहरुबाट हिमाल र ताल देखिने होटलका सञ्चालक तिवारीले जानकारी दिए । होटलको तेश्रो र कौशीबाट शान्ति स्तुपा, सराङकोट र काहुँडाँडासमेत देखिने उनले बताए ।

होटलमा तातोपानी, फ्रि वाइफाइलगायतको सुविधा रहेको छ । होटलमा पाहुनाको चाहना अनुसारको स्वाद दिइने सञ्चालक तिवारीले जानकारी दिए । उनका अनुसार विशेष गरेर टिपिकल नेपाली खाना, थकाली खाना, नेवारी खाना, इण्डियन, चाइनिजलगायतका परिकारलाई होटलमा प्राथमिकता दिइनेछ । लेकसाइडमा खानाको मूल्य महंगो भएको गुनासो आइरहँदा आफूले सस्तो दरको खाना खुवाउने गरी होटल सञ्चालनमा ल्याएको तिवारीको भनाई छ । उनका अनुसार होटलमा खाना खाने पाहुनालाई सादा खानाको २ सय, चिकेन खानाको ३ सय र मटन खानाको ३ सय ८० रुपैयाँ प्रति छाक कायम गरिएको छ ।

You might also like

Comments are closed.