लेकसाईडका आमाहरुले वनाए कोदाको केक

पोखरा, २४ जेठ

पोखरा महानगरपालिका वडा नं. ६ मा रहेको खहरे आमा समुहले कोदो लगाएतका खाद्यन्नबाट केक वनाउने पाँच दिने विभिन्न खाद्य परिकार तथा झोल साबुन बनाउने तालिम लिएका छन् ।

महानगरपाकिलाको आर्थिक सहयोग र आमा समुहको आयोजनामा ५ दिन सम्म लिएको तालिमबाट सिकेको सीप प्रदर्शन गर्दै समुहमा आवद्ध ४० जनाले लिएको तालिममा प्रशिक्षक शारदा गौतमले सहजिकरण गरेकी थिईन् ।

समुहले कोदा, चामल, गहुँको पिठाबाट केक, निम्किन, पुरी, विभिन्न केरा, आँफ, जागर, खुर्सानी, काक्रा जस्ता तरकारी तथा फलफुलहरुबाट जुस, अचार, राईता खादै प्रदेश सांसद राजिव पहारीले अत्यन्तै स्वादिष्ट परिकार बनेको प्रतिक्रिया दिदैं अब लेकसाईडमा खहरे आमा समुहले वनाएका परिकार विक्रिको लागि राख्नु पर्ने सुझाव दिए ।

तालिम समापनको कार्यक्रममा शुक्रबार पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य विष्णुबहादुर भट्टराई, राममाया विश्वकर्मा, पोखरा महानगरपालिका कार्यलयका सहायक प्रशासकिय अधिकृत एवं सूचना अधिकारी गंगालाल सुवेदी, नागरिक समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारी, वडा सचिव सविता ढुंगाना, खहरे टोल विकास समितिका उपाध्यक्ष तथा पश्चिमाञ्चल होटल संघका महासचिव गणेशराज पहारी, सामुदायिक सेवा केन्द्र वैदामकी अध्यक्ष मीना भट्टराई लगाएतले तालिम लिए पछि तालिमको सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

तालिममा एक महिनासम्म नविग्रने अचारको साथमा ९० लिटर झोल साबुन बनाएका छन् । उक्त अचार तथा झोल साबुन विक्रिको लागि समुहका सदस्यहरुको पसलहरुमा राखिने सो अवसरमा जानकारी गराईएको थियो ।

सो अवसरमा वडा सदस्य विष्णुबहादुर भट्टराइले समुहका गतिविधिहरुलाई निरन्तरता दिन केहि सहयोग पुगोस् भन्ने मनसायले नगद १० हजार सहयोग हस्तान्तरण गरेका समुहकी अध्यक्ष मैया भट्टराई थापाले वताईन् ।

खहरे आमा समुहकी अध्यक्ष मैया भट्टराई थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अन्जना पहारीले र संचालन सचिव पम्फा थापाले गरेका थिए ।

You might also like

Comments are closed.