लेकसाईडमा विच भलिबल हुने

पोखरा, ३१ साउन ।

पोखराको लेकसाईडमा विच भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भविबल संघको आयोजनामा हुन लागेको ओपन बिच भलिबल प्रतियोगिताको तयारी पुरा भएको प्रतियोगिता संयोजक तारानाथ पहारीले जानकारी दिए ।

विच भलिबल कोर्टमा हुन लागेको प्रतियोगिताको सँस्कृति ,पर्यटन तथा नागरीक उड्यनमन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब २२ टिम सहभागि हुने संयोजक पहारीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र , दोस्रो हुनेले २० हजार नगद शिल्ड मेडल र प्रमाणपत्र, बेष्ट प्लेयरले पाँच हजार नगद प्राप्त गर्नेछन । प्रतियोगिता भदौ १ गते देखि ३ गते सम्म चल्नेछ ।

नेपालमा विच भलिवल खेल्ने सस्कारको बिकास भैसकेको छैन । दुईजनाको टिम बनाएर खेल्ने यो भलिबल बालुवाको कोर्टमा खेलिन्छ । पर्यटनको केन्द्र बन्न सक्ने विच भलिवलको कोर्ट र्निमाण नहुँदा समस्या परेको जानकारहरु बताउछन । लेकसाईडमा नेपाल ट्रष्टको नाममा रहेको जग्गामा भिक्टर जबराले र्निमाण गरेको कोर्टमा यो सहित चौथो पटक बिच भलिबलको आयोजना हुन लागेको हो । लेकसाईडका अन्य स्थानहरुमा पनि यस्ता कोर्टहरु र्निमाण गर्नसके पर्यटक भुलाउने राम्रो गन्तब्य हुनसक्ने प्रतियोगिता संयोजक तथा पर्यटन ब्यबसायी तारानाथ पहारीले दावि गरे ।

You might also like

Comments are closed.