लेक सिटीले मनायो स्थापनाको २५औं वर्ष

पोखरा, २६ जेठ । लायन्स क्लब अफ पोखरा लेक सिटीले स्थापनाको रजत वर्ष मनाएको छ । क्लबले एक कार्यक्रमका बीच बिहीबार २५औं चार्टर नाइट मनाएको हो । पुरानो लायन्स क्लब मध्यमा पर्ने लेक सिटीको चार्टर नाइटमा बोल्दै प्रमुख अतिथि लायन्सका मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानबाट लायन्सको गरिमा उच्च भएको बताए ।

विशेष अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर धनराज आचार्यले लेक सिटीले २५ वर्षसम्म अनबरत रुपमा सामाजिक काम गरिरहेको भन्दै प्रशंसा गरे । प्रदेश सांसद विन्दुकुुमार थापाले लायन्सको सामाजिक काम धेरैका लागि प्रेरणा बनेको धारणा राखे ।

क्लबका अध्यक्ष मीनराज काफ्लेको सभापतित्वमा आयोजित कार्यक्रममा इलेक्ट गभर्नर अशोक श्रेष्ठ, पूर्व अध्यक्ष तथा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, पूर्व मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठ, इलेक्स फस्ट भिडिजी इन्दु लम्साल, इलेक्ट सेकेण्ड भिडिजी मनबहादुर रोका, पूर्व गभर्नर ध्रुबबहादुर थापा, सिनियर एओजी दुर्गाप्रसाद हुमागाईं, चिकित्सक नारायण गौतम लगायतले बोलेका थिए ।

क्लबले चार्टर नाइटको अवसरमा नयाँ क्लब समेत स्थापना गरेको पूर्व अध्यक्ष राजेन्द्रकुमार बाटाजूले जानकारी दिए । कार्यक्रममा पूर्व अध्यक्ष र संस्थापकहरुलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.