लेखनाथ । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा राखिएको खुल्ला रत्तदानमा ५३ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा –२७ लेखनाथ उपशाखा, अर्घौ वजार व्यवस्थापन समिति, लेखनाथ क्लब र ट्याक्सी व्यवसायी इकाई समिति लेखनाथको संयक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति दण्डराज शर्माले गरे । उक्त अवसरमा बोल्दै उनले स्वच्छ मानिसले प्रत्येक तीन तीन महिनामा रगत दिदा अझ बढि स्वच्छ र निरोगी हुने बताए ।
लेखनाथको अर्घौंचोकमा राखिएको कार्यक्रममा लेखनाथ नगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल, वडा नं २७ का पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछाने, नेकपा वडा नं २७ का अध्यक्ष सूर्यमणि लामिछाने, नेरेसो अर्घौं शाखाका निवर्तमान सभापति हिरामणि सुवेदी, लेखनाथ बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष खडानन्द लामिछाने, अर्घौं बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शिवप्रसाद भण्डारी र ट्याक्सी व्यवसायी इकाई समिति लेखनाथका अध्यक्ष जितेन्द्र क्षेत्री लगायतले बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ लेखनाथ उपशाखाका सभापति खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तिलकशाली सापकोटाले कार्यत्रम सञ्चालन गरेका थिए । अर्घौं बजार व्यवस्थापन समितिकी अध्यक्ष इन्दिरा रोक्काले स्वागत र लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।