लेखनाथको विकासमा महोत्सव कोशेढुंगा सावित छ

गोपीचन्द्र बास्तोला
उपमहासचिव, लेखनाथ उद्योग वाणिज्य संघ तथा महोत्सव प्रचार–प्रसार संयोजक

गत वर्षको महोत्सव भन्दा यो महोत्सव केही फरक छ । महोत्सवलाई स्तरोन्नति गरेर महोत्सवको पनि महोत्सव बनाएका छौं । महोत्सव मनोरञ्जनात्मक मात्र नभई ज्ञान लिने थलो बनाउन शैक्षिक प्रर्दशनीको पनि व्यवस्था गरेका छौं । इञ्जिनियरिङ कलेजका विद्यार्थीलाई इञ्जिनियरिङ सम्बन्धी, विज्ञानका विद्यार्थीलाई विज्ञान प्रविधि सम्बन्धी प्रदर्शनीको व्यवस्था गरेका छौं । सबैले ज्ञान लिन सकुन भनेर विज्ञान तथा प्रविधीलाई स्थान दिएका छांै ।

महोत्सवमा मोबाइल खरीद बिक्रीका साथै साटफेरको पनि व्यवस्था छ । महोत्सवमा सर्वसाधारणले पुराना मोबाइल ल्याएर त्यसको भ्यालूएसन गर्न सक्नेछन् । अनि नयाँको मूल्यमा पुरानोको मूल्य घटाएर बाँकी पैसा तिरेपछि नयाँ मोवाइल खरिद गर्न सक्छन् । महोत्सवलाई विविधता दिन जातीय संस्कृति, भेषभुषा तथा परम्परालाई महत्व दिएर प्रदर्शन गर्नेछौं । कृषि उत्पादनलाई पनि हामीले प्राथमिकता दिएर प्रदर्शनी तथा बिक्रीका लागि स्टल उपलब्ध गराएका छौं ।

महोत्सवको सबै तयारी पुरा भइसकेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन मार्फत प्रचार–प्रसार गरेका छौं भने माइक्रो, बस, ट्याक्सी, कार तथा विभिन्न ठाउँमा लेखनाथ महोत्सवको व्यानर टाँगेका छौं । त्यतिमात्र होइन गाउँ–गाउँमा माइकिङ गर्दै महोत्सवको प्रचार पनि गरिरहेका छौं । यस हिसाबले यसपटकको महोत्सवमा दर्शकको सहभागिता अघिल्ला वर्षहरुमा भन्दा बढ्ने अपेक्षा गरेका छौं । र महोत्सवका आर्थिक कारोबारमा पनि बृद्धि हुनेमा विश्वस्त छौं ।

महोत्सव सफल हुनुमा लेखनाथबासी सहित सबैको उत्तिकै योगदान छ । महोत्सवबारे अहिलेसम्म कुनै विवाद नआएको र द्वन्द्व नभएकै हामी सफल भएकोजस्तो लाग्छ । महोत्सवले लेखनाथ क्षेत्रको अर्थव्यवस्था चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्ने गरेको छ । लेखनाथ क्षेत्रको समग्र विकासको लागि लेखनाथ महोत्सव कोशेढुङ्गा सावित भएको छ । पर्यटन व्यवसायको पनि प्रशस्त सम्भावना यस क्षेत्रमा छ । पर्यटन क्षेत्रको विकासमा पनि मेला सहयोगी बनेको छ ।

लेखनाथका व्यवसायीको व्यवसाय प्रवद्र्धनको लागि पनि महोत्सवले महत्वपूर्ण भुमिका खेलेको छ । करिव ३ सय स्टल महोत्सवमा छन् । सबै खालका व्यवसायीका स्टल यहाँ छन् । महोत्सवमा सबैको सहभागिता रहन्छ । अध्ययनको लागि पनि मेला उपयुक्त स्थान बन्नेछ । स्थानीय उत्पादनको प्रवद्र्धन पनि हुन्छ । लेखनाथ मात्र नभई यस आसपासका ग्रामीण क्षेत्रका साथै स्याङ्जा, तनहुँ, लमजुङ लगायतका जिल्लाबाट पनि दर्शक आउनुहुन्छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...