लेखनाथमा कुनैबेला जनप्रतिनिधिको रुपमासमेत काम ग¥यौं

लक्ष्मी त्रिपाठी
निवर्तमान अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

२०५३ साल माघ १८ गते नेपाल सरकारले तत्कालीन ४ वटा गाविसलाई मिलाएर लेखनाथ नगरपालिका घोषणा ग¥यो । यसरी नगरपालिका भइसकेपछि नगरपालिका स्तरीय एउटा नगर उद्योग वाणिज्य संघ बनाउनुपर्छ भन्ने हामी उद्योगी, व्यवसायीमा लाग्यो । २०५४ साल असार २० गते लेखनाथ उद्योग वाणिज्य संघ स्थापना भयो । त्यतिबेला हामी ८० जना मात्र उद्योगी व्यवसायी थियौं । लेखनाथलाई सात तालको बाटिका सहर भनिन्छ । संघ त गठन भयो तर यसलाई कसरी चिनाउने ? कसरी स्थापित गर्ने भन्ने हामीले सोच्यौं । धेरै छलफल पछि हामीले किसानको आय आर्जन बढ्यो भनेमात्र हाम्रो व्यापार हुन्छ भन्ने निश्कर्ष निकाल्यौं । त्यो भयो भनेमात्र लगानीमैत्री वातावरण हुन्छ र व्यवसाय बढ्छ भन्ने लाग्यो । त्यसैलाई मध्यनजर राखेर हामीले २०५८ सालमा सुन्तला प्रदर्शनी ग¥यौं । त्यो बेला सुन्तला उत्पादन राम्रो हुन्थ्यो तर त्यसले बजार भने पाइरहेको थिएन । त्यसबेला सुन्तलाका ठेकेदारहरु गाउँमा जाने र सुन्तलाको बोट नै ठेक्का लिने गर्थे । तर सुन्तला बेचिसकेपछि भने उनीहरुले किसानलाई सुन्तलाको पैसा भने दिदैनथे । त्यहिबेला हामीले सुन्तला प्रदर्शनी गरेपछि किसानले बजार पाउने र उपभोक्ताले सहज र सस्तो मूल्यमा सुन्तला पाउने वातावरण बन्यो । त्यो सुन्तला प्रदर्शनीलाई हामीले २०५९ सालमा पनि निरन्तरता दियौं ।

२ वर्षको सुन्तला प्रदर्शनीपछि २०६० सालमा हामीले सुपथ मूल्य बजार भनेर हामीले मिनी महोत्सवको शुरुवात ग¥यौं । त्योबेला हामीले एक लाख रुपैयाँ घाटा बेहोरेका थियौं । त्यसलगत्तै हामी नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा भारतको दिल्लीमा गएर टे«डफेयर बुझ्न गयौं । त्यो टे«ेडफेयर देखेपछि हामीलाई त्यस्तै टे«डफेयर गर्नुपर्छ भन्ने लाग्यो । सोही योजना अनुरुप हामीले २०६१ सालमा टे«डफेयर गर्ने निर्णय ग¥यौं । टे«डफेयरको कन्सेप्टमा गर्दा नाम के राख्ने भन्न छलफल भयो । छलफलमा नगरपालिकाको नामपनि जोडिने अनि कवि शिरोमणि लेखनाथ पौड्याललाई पनि सम्मान हुने हिसाबले लेखनाथ महोत्सव राखेका हौं ।

त्यसरी लेखनाथ महोत्सव शुरु गरेपछि लेखनाथ नगरपालिकाको ब्राण्डिङ पनि भयो सँगै सामाजिक, आर्थिक चलायमान पनि भयो । योपछि निरन्तर रुपमा लेखनाथ महोत्सव गर्दै आएका छौं । यो अहिले देशकै सबैभन्दा उत्कृष्ट महोत्सवको रुपमा स्थापित भइसकेको छ । हामीले महोत्सव मात्रै होइन, स्थानीय निकाय नहुँदा कुनैबेला जन प्रतिनिधिका रुपमासमेत काम ग¥यौं । सँधै पोखरा केन्द्रित हुनुहुँदैन, विकेन्द्रीकरण हुनुपर्छ भनेर हामीले माग ग¥यौं सोही योजना अन्तर्गत हामीले ईलाका प्रशासन कार्यालय र सेवा केन्द्रको माग ग¥यौं । जनप्रतिनिधि नहुँदापनि हामीले दलका प्रतिनिधिलाई समेटेर लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वमा हामीले ईलाका प्रशासन र सेवा केन्द्रको माग गर्दै नेतृत्वको ध्यानाकर्षण ग¥यौं । पछि त्यो माग हामीले पूरा गराएरै छाड्यौं । म अध्यक्ष भएको कार्यकालमा हामीले मालपोत कार्यालयपनि स्थापना गर्न सफल भयौं । हाम्रै नेतृत्वमा लोडसेडिङ मुक्त गर्न सिटी फिडर राख्न लगाएर लोडसेडिङको अन्त ग¥यौं ।

You might also like

Comments are closed.