लेखनाथमा दुर्घटना, २ को मृत्यू

पोखरा । लेखनाथमा गएराती छुट्टाछुट्टै २ वटा दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

लेखनाथको गगनगौंडामा बुधबार बेलुका २०ः३५ बजे ग७प ७४२८ नम्बरको मोटरसाइकल र ग११प २३५८ नम्बरको स्कुटर आपसमा ठोक्किएर ना५ख ५०४८ नम्बरको ट्रकको चक्काभित्र पस्दा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ग११प २३५८ नम्बरको स्कुटरको पछाडी सवार पोखरा नदीपुरका जुगबीर पुनको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएपनि उपचारको क्रममा राती पौने १० बजे मृत्यू भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ग७प ७४२८ नम्बरको मोटरसाइकलमा सवार लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा ७ का दीपक विक तथा ग११प २३५८ का स्कुटर चालक पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको र हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै, गएराती लेखनाथको धर्मकाँटा नजिकै अर्को दुर्घटना हुँदा काठमाडौं किर्तिपुरका थमन पाइजाको मृत्यू भएको छ । ग३च १४ २२ नम्बरको मिनि भ्यानले बुधबार राती पौने १० बजे नै ठक्कर दिदा बा९४ प १७०५ नम्बरको मोटरसाइकलमा सवार पाइजाको घट्नास्थलमै मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.