लेखनाथ उद्योग बाणिज्य संघको २४औं बार्षिकोत्सव, शुरु गर्यो कृषि उपज खरिद बिक्री केन्द्र

लेखनाथ ।

लेखनाथ उद्योग बाणिज्य संघले आफनो २४ औं बार्षिकोत्सवका अवसर पारेर कृषि उपज खरिद विक्रि केन्द्रको सुभारम्भ गरेको छ ।

लेखनाथ उद्योग बाणिज्य संघको अगुवाई र पोखरा महानगरपालिका एवंम सासंद विकास कोषको आर्थीक सहयोगमा पोखरा २७ को तालचोकमा निर्माण गरिएको कृषि उपज खरिद बिक्री केन्द्रको शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

लेखनाथ उद्योग बाणिज्य संघले आफनो स्थापना दिवसको अवसर पारेर यस क्षेत्रको सामाजिक तथा आर्थिक बिकासमा सहयोग पुग्नेगरिे कृषि उपज खरिद बिक्री केन्द्र संचालनमा ल्याउने तयारी गरेको हो ।

निर्माण सम्पन्न भएको कृषि उपज खरिद बिक्री केन्द्रमा २६ वटा शटरहरु रहेने र सो को कुल खर्च करिव रु १ करोड ५० लाख हुने अनुमान गरिएको छ । निर्माण सम्पन्न भएको कृषि उपज संकलन केन्द्रलाई नयाँं आर्थिक बर्ष देखि यस क्षेत्रमा बिभिन्न कृषि उपज उत्पाद गर्ने कृषि सहकारी, कृषक समुह तथा कृषकहरुलाई प्राथमिकता दिई संकलन केन्द्र संचालन गर्ने गरी तयारीलाई अगाडी वढाएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

कृषि क्षेत्रमा उत्पादित बिभिन्न उपजहरु उत्पादन हुने तर बजारीकरणको लागि असुविधा भईरहेको अवस्थामा संघले उत्पादित बस्तु खरिद बिक्रीको लागि लागत बृद्धि हुन जानुको साथै ताजा बस्तु उपभोग गर्न समेत नपाईने अवस्थालाई ध्यानमा राखि उत्पादित बस्तुलाई एकै थलोमा संकलन गरि बिक्रि बितरण गर्ने उदेश्यले कृषि उपज खरिद विक्री केन्द्र स्थापना गर्न लागिएको हो ।

कृषि उपज खरिद विक्री केन्द्रको उदेघाटन गर्दै पुर्व स्वास्थ्य मन्त्रि तथा सासंद खगराज अधिकारीले कृषि कार्य सम्मानजनक र आत्मसन्तुष्ठीको पेशा भएकाले समयको माग र विकासका पुर्वाधार भएकाले यसले स्थानिय स्तरका स्वरोजगार सृजना गर्न सहयोग पु¥याउने विचार राखे ।

कार्यक्रममा गण्डकी प्रदेश आर्थीक तथा विकास समितिका सभापति दिपक कोईरालाले उत्पादन देखि वितरणसम्म किसानहरुलाई सहभागी गराउनु पर्ने सुझाव राखेका थिए भने पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले किसानहरुलाई ब्यवासायीक उत्पादन तर्फ अग्रसर हुन आग्रह गर्दै सामुहिक उत्पादनबाट मात्र हामीले कल्पना गरेको महानगरपालिका वन्न सक्ने धारणा व्यक्त गरे ।

सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोईरालले निजी क्षेत्र र सरकार निकायको सहकार्यमा विकासका पुर्वाधारहरु खडा गर्न सकिने बिचार राखेका थिए भने रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले कोरना भाईरसका कारण निम्तीएको विसम परिस्थीतिलाई अवसरका रुपमा लिएर कृषिलाई पर्यटन,उद्योग र ब्यवसायको रुपमा पनि बिकास गराउन सकिनेमा जोड दिए ।

कार्यक्रममा नेपाली काग्रेस कास्कीका सभापति कृष्ण केसीले ब्यवस्थीत बजारीकरणले मात्र सभ्य शहर निर्माण गराउन सकिने बिचारका थिए भने प्रदेश सासंद विन्दु कुमार थापाले कृषकले मुल्य नपाउने र उपभोक्ताले बढि मुल्य तिर्नु पर्ने परिपाटीको अन्त्य हुनु पर्ने सुझाव राख्दै समय सुहाउदो लगानी मैत्री वातावरण सृजना हुर्ने धारणा राखे ।

यसैगरि कार्यक्रममा संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेखनाथ उद्योग बाणिज्य संघ ब्यवसायीहरुको मात्र सस्था नभई सम्पुर्ण लेखनाथ बासीको साझा सस्था भएको बिचार राखेका थिए भने पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संघ संघ विचको सहकार्यबाट अगाडी वढ्न सकिने सुझाव बताए ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विनोद कुमार श्रेष्ठले धन्यवाद र महासचिव गोपिचन्द्र बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

You might also like

Comments are closed.