लेखनाथ उद्योग वाणिज्य संघले दैनिक १२ सय जनालाई तयारी खाना खुवाउदै

 

लेखनाथ, १३ बैसाख

लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपिन्न परिवारका लागि दैनिक विहान र वेलुकाको खाना खुवाउने कार्यक्रम जारी छ ।

गत बैसाख ९ गतेदेखि जारी अभियान अन्तर्रगत प्रत्येक दिन करिव १२ सय जनालाई विहान बेलुकाको खाना खुवाउदै आएको संघका अध्यक्ष वलराम ढकालले जनाकारी दिए ।

विश्वव्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपलाई नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि गरेकोे लकडाउनका कारण घरमा चुलै नवल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारको समस्यालाई मध्यनजर राख्दै संघले पोखरा २६ को नमस्ते पार्टी प्यालेसमा खाना पकाएर सम्वन्धीत ठाउँमा नै खाना पु¥याउदै आएको छ ।

सम्बन्धीत वडाको सिफारीस र स्थानिय टोल विकास सँस्था तथा आमा समुहको सहयोगमा नामावली संकलन गरी विहान ९ वजे र बेलुका ६ वजे खाना तयारगरी पायक पर्ने विभिन्न ठाउँमा तयारी खाना बितरण गर्दै आएको संघका महासचिव गोपिचन्द्र वास्तोलाँले जनकारी दिए ।

तयार गरिएको खाना वडा नं २८ को कालीकासम्म पु¥याउन अप्ठ्यारो भएकाले वडा नं २८ का लागि राहत सामाग्री नै वितरण गरिएको हो भने वडा नं ३२ को भौगोलिक अवस्थालाई मध्यनजर गरी राजाकोचौतारमा स्थानियवासीको सहयोग र अन्य सामाजिक संघ सस्थाको समन्वयमा खाना तयार गरि दैनिक रुपमा करिव ३ सय ७० जनालाई तयारी खाना खुवाउदै आएको संघका द्धितिय उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । अभियान बैसाख १५ गते सम्म जारी रहने र त्यस पछिको अवस्थालाई हेरेर नयाँ योजना बनाउने पनि बताईएको छ ।

You might also like

Comments are closed.