लेखनाथ उद्योग वाणिज्य संघमा ढकाल, सम्पूर्ण पद निर्विरोध

आर्थिक आवाज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बलराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । १२ औं अधिवेशनका लागि मंगलबार मनोनयन दर्ता गर्ने क्रममा अध्यक्षमा ढकालको मात्रै उम्मेदवारी परेको हो ।

संघको वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, महासचिवमा गोपिचन्द्र वास्तोला, उपमहासचिव राजु सुवेदी र कोषाध्यक्ष जानुका पराजुली निर्विरोध निर्वाचित भएका छन् ।

खुल्ला सदस्यहरुमा भरतराज ओझा, भीमबहादुर नेपाली काइला, रामजी पौडेल, धिरजकुमार श्रेष्ठ, बुद्धिप्रसाद बास्तोला, मेनुका श्रेष्ठ, रामजी पौडेल, राधाकृष्ण अधिकारी, शैलेन्द्रमोहन भट्टराई पनि सर्वसम्मत भएका छन् ।

महिला सदस्यमा डिलकुमारी दाहाल (सन्ध्या), इन्दिरा रोक्का, एसोसिएट सदस्यमा बिक्रम कर्माचार्य, संस्थागत सदस्यमा सुदेब गुरुङ सर्वसम्मत निर्वाचित भएको पूर्व अध्यक्ष बाबुराम गिरीले जानकारी दिए । ।

You might also like

Comments are closed.